कोभिड प्रभावित परिवारले राहत पाउन के गर्नु पर्छ कस्तो छ कार्यविधि ?

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण प्रभावित गरीब परिवारलाई रु.१० हजारका दरले नगद वितरणको तयारी गरेको छ। सोमबार राजपत्रमा कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ जारी गर्दै सरकारले नगद वितरण गर्न आवश्यक प्रबन्ध गरेको हो।

कार्यविधिका अनुसार, महामारीका वेला लागू गरिएको बन्दाबन्दीका कारण पेशा, व्यवसाय र श्रम गर्ने अवसर गुमाएका आर्थिक रूपमा विपन्न परिवारले एक पटकका लागि प्रति परिवार रु.१० हजारका दरले नगद अनुदान पाउनेछन्। यस्तो अनुदान लिन विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएको वा अर्को रोजगारी पनि प्राप्त गर्न नसकेको असंगठित क्षेत्रको कामदार हुनुपर्नेछ। त्यसैगरी, खुला सडक, चौर, फुटपाथ आदिमा खर्पन, नाङ्लो वा डोकोमा मालसामान बिक्री गरी आम्दानी गर्ने परिवार पनि यो अनुदान पाउन योग्य हुनेछ।

कार्यविधिका अनुसार, महामारीका वेला लागू गरिएको बन्दाबन्दीका कारण पेशा, व्यवसाय र श्रम गर्ने अवसर गुमाएका आर्थिक रूपमा विपन्न परिवारले एक पटकका लागि प्रति परिवार रु.१० हजारका दरले नगद अनुदान पाउनेछन्।

दैनिक ज्याला मजदूरी गर्ने भरिया, कृषि मजदूर, ज्यालादारी श्रमिक, गोठाला, रिक्सा चालक, ठेलागाडा मजदूर, सार्वजनिक यातायातका मजदूर तथा पर्यटक भरियाले पनि सरकारी अनुदान पाउनेछन्। कार्यविधिका अनुसार, महामारीका कारण आयआर्जन गर्ने घरमूलीको निधन भएका परिवार पनि अनुदान पाउन योग्य हुनेछन्।

सरकारी अनुदान पाउन उल्लिखित योग्य परिवारले वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। तर, निवेदकको एकाघरको सदस्यले कुनै सार्वजनिक वा निजी संस्थामा तलब वा अरू आयआर्जन गरेको तथा देश–विदेशबाट पेन्सन सुविधा पाउने गरेको भए अनुदान पाउनेछैनन्। कार्यविधिमा अनुदान पाउन योग्य परिवारले अनुदान स्वीकृत भएको तीन दिनभित्र बैंक खातामा अनुदान पाउने उल्लेख गरेको छ।# Himalkhabar dally

कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि ०७८

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित