बाढिपहिरोका कारण नरहरिनाथमा बालिनालि नष्ट हुंदा खाद्य संकट हुने चिन्तामा कृषकहरु

7
SHARES
15
VIEWS

कालीकोट । उर्वभुमि नभएपनि मकै वालिका लागि उत्तम मानिने नरहरिनाथ गाउँ पालिकामा यस वर्ष मकै उत्पादन घटेको छ ।

शुरुवातमा खडेरी र पछिल्लो समयमा लगातार वर्षाले विगत वर्षको तुलनामा यस वर्ष मकै बालि उत्पादन हुन सकेको छैन । यस वर्ष कृषकले मकै संगै धान बालिको आश गरेपनि सोचेको भन्दा न्युन उत्पादन भएको स्थानियको भनाई रहेको छ । लगातारको अबिरल वर्षाले धानवालि भित्र्याउन नपाउदै सखाप पारेपछि ६ महिनालाई समेत खाद्यन्न अभाव हुने कृषकहरुले बताएका छन । कालिका मकै बीउ उत्पादन समुहका अध्यक्ष खकेन्द्र उपाध्यायका अनुसार यस वर्ष नरहरिनाथ गाउँ पालिकामा खाद्यन्न सकंट आउने बताउनु भयो

।वहाँले नरहरिनाथको जमिन सुख्खा हुने हुंदा मकै व्यापक मात्रमा उत्पादन हुने हुन्छ त्यहि मकै आधि हुरी र वर्षाले ढालेर उत्पादन भएन बाल बच्चालाई पाल्न नै कठिन हुने बताउनु भयो ।कयौं घरपरिवारले मकै बेचेर जिविकोपार्जन गर्दै आएको भएपनि बालबच्चा धेरै हुने घरपरिवारका लागि यस वर्ष दशा बन्ने भएको हो । स्थानियहरुले गाउँमा रोजगारी नभएका कारण दैनिक ज्यालादारीका लागि भारत जानु पर्ने बाध्यता आएको बताइएको छ ।

स्थानीय सरकारले बाढिपिडितको विवरण संकलन गरेर राहतका लागि व्यवस्था गरिने भएको बताइएको छ । नरहरिनाथ ३ निवासी धन बहादुर बि कले दुःख व्यक्त गर्दै भने यस वर्ष कसरी जिवन धान्ने हो ।युवाहरु भएको घरमा कमाई गर्ने भएपनि आफुहरु जस्ता असाहयहरुलाई कमाई गर्ने ठाउँ नभएकाले भएको खेतबारी बाढिले बगाउदा अन्नबालि नभएकाले महाकाल आएको बताए ।

उनि जस्तै नरहरिनाथ गाउँ पालिकामा कयौ घरपरिवारलाई समस्या आएको छ । यस बारेमा नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिरबहादुर विष्टले नरहरिनाथ गाउँ पालिकामा बाढिपिडितको विवरण संकलन गर्न लागेको र सो विवरण आएपछि समस्याको पहिचान अनुसार राहतको व्यवस्था गरिने बताउनु भयो । अहिले सबै शाखाहरुलाई विवरण संकलनका लागि खटाइएको अध्यक्ष विष्टले बताउनु भयो ।नरहरिनाथ गाउँ पालिकामा  विपद समितिलाई विवरण संकलनका लागि जोड दिएको बताइएको छ ।
सधै जसो भारत जाने यहाँका समुदायहरु यस वर्ष खाद्यन्न संकटका कारण झनै युवाहरु भारत पलाएन हुने संख्या बढ्ने स्थानिय मिनबहादुर बुढाले बताउनु भयो । गएको वर्ष नरहरिनाथ गाउँ पालिकामा दुई दर्जनको ज्यान गएको थियो भने ८ सय बढि बाढिपहिरोबाट प्रभावित भएका थिए ।सो बाढिपहिरोबाट विस्थापित परिवारलाई कर्नालि प्रदेश सरकारले ५० वटा घर निर्माण गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित