सामाजिक संजालका भरमा पत्रकारिता

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समय सामाजिक संजालका भरमा पत्रकारिता हुन थालेको छ । विभिन्न अनलाइन, एफएम रेडियो तथा अन्य छापा माध्यमहरु सामाजिक संजालका भरमा संचालन हुन थालेका छन । सामाजिक संजालमा राजनैतिक गतिविधि तथा अन्य क्रियाकलापहरु पोष्ट गर्ने वित्तिकै समाचार बन्न थालेका हुन ।

मिडिया संचालन गर्नका लागि कुनै जनशक्ति व्यवस्थापन नगरी संचालन गर्न थालिएको छ । व्यापक मात्रामा प्रयोगमा आएको अनलाइनहरुमा यसको प्रयोग हुन थालेको हो । देशभरका संचारमाध्यमहरुमा सामाजिक संजालको प्रयोग हुन थालेको हो । राष्ट्रिय स्तरका ठुला संचार माध्यमहरु पनि नेता तथा कलाकारहरुको ट्विटर,फेसबुक,इन्स्टाग्रामहरुको आधारमा समाचार बन्ने गरेका हुन । दुर्गम स्थानमा महिनौ लगाएर प्रकाशनमा आउने समाचारहरु पछिल्लो समय क्षणभरमा देश विदेशमा थाहा पाउने भएको हो । संचारको विकास र यसको प्रयोगले तिव्रता दिएको भएपनि यसबाट सामाजिक क्षेत्रमा गलत प्रयोगबाट मानविय जिवनमा नकरात्मक असर पार्ने काम गरेको भएपनि यसका राम्रा पक्षहरु भने थुप्रै रहेका छ । हामीले प्रविधिको प्रयोग गर्न नजानेर गलत हुन गएको सरोकारवालाहरुको जोड रहेको छ ।

सामाजिक अगुवा तथा सहकारी कर्मि काली बहादुर महताराका अनुसार प्रविधिको प्रयोग गर्नु हामी सबैको दायित्व भएको बताउदै यसको भरपुर प्रयोग गर्न कन्ज्युस्याई हुने गरेको छ । दिनभर सामाजिक संजालमा समय दिनेहरुले यसका अन्य फाइदाका बारेमा अनुसन्धान र खोजका लागि समय नदिने गरेको बताउनु भयो । सामाजिक संजालका कारण अधिकांसको जिवनमा उतारचढाव आएको छ भने कयौंले सामाजिक संजालबाट सिकेर जिवन परिर्वतन गरेर फरक पहिचान दिन थालेका हुन । कालीकोट जिल्लामा मौलाएको अनललाइन पत्रकारितामा सामाजिक संजालको प्रयोग हुने क्रम व्यापक मात्रामा पबढेको छ ।

तिनि अनलाईनलाई आधार मानेर एफ एम रेडियो संचालनमा आएका छन । सामाजिक संजालका भरमा अनलाइन रहेका छ भने अधिकांस एफएमहरुको श्रोत भनेकै अनलाइन र सामाजिक संजाल हो । यसको नकरात्मक पक्षहरु धेरै भएपनि सकरात्मका पक्षहरु अनलाइनको पहुंचमा नभएकाहरुको हकमा रेडियोबाट उक्त समाचारहरु सुन्न पाउने भएका हुन । अनलाइन पत्रकारिता र रेडिया तथा छापा माध्यमहरुको एक आपसमा सहकार्य समन्वय तथा आपसि समझदारीमा अघि बढ्नु पर्ने देखिन्छ । यसको नेतृत्व पत्रकार महासंघले खेल्न जरुरी रहेको छ ।

अनलाइन संचार माध्यम घर घरमा संचालनमा आउने संकेत देखिएको छ । पछिल्लो समय १ दर्जन बढि अनलाइन संचार माध्यमहरु संचालनमा रहेको कालीकोटमा २०७१ पौष ३ गते पहिलो पटक साविकको कर्नालि अंचलको पहिलो अनलाइन कर्नालि संचार डट कम हो ।

सो समयमा अनलाइनको पहुंचमा नभएपनि संचालनमा ल्याइएको हो । कालीकोट रुप्सा निवासि कमल बुढा(इमान्दार)को सहयोगमा रुपेन्द्र बहादुर ऐडीले संचालनमा ल्याइएको पहिलो अनलाइन हो । सो समयमा भेरी अंचलमा अनलाइन भएपनि कर्नालिमा भने कसैको अनलाइनहरु थिएनन् ।

यसको सिको गर्दै अहिले कालीकोटमा मात्र ११ वटा अनलाइनहरु संचालनमा रहेका छन । तर ति अनलाइनहरु अधिकांस आधिकारी भने छैनन । कोही दर्ता प्रक्रियामा रहेका छन । तर समाचारहरु प्रकाशन गरिरहेका पाइएको छ ।

प्रविधिको प्रयोग र हामीले खेलेको भुमिका प्रति न त पत्रकार महासंघको ध्यान छ न त अन्य निकायको । संचारमाध्यमहरुको सबैले सहि सदुपयोग गर्न सकेको खण्ठमा सामाजिक रुपमा सकरात्मक प्रभाव कायम हुने र सम्बृद्ध समाज निर्माणमा टेवा पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित