पचालझरना जोड्ने साढे तीन करोडमा पदमार्गको सिलान्यास गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । नेपालको अग्लो पचालझरना जाने पदमार्गको सिलान्यास हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड ३१ लाखमा पदमार्ग सहितको भौतिक संरचना समेत निर्माण हुने भएका छ्न । ३ सय ८१ मिटर अग्लो पचालझरना जाने खार्दु देखि झरना सम्मको पदमार्ग बनाउन शुरु भएको सुचना प्रविधि प्रमुख प्रकाश कठायतले बताउनु भयो । सो कार्यक्रम कात्तिक ३० गते खार्दु गाउँमा सिलान्यस हुने भएको छ ।सिलान्यस कार्यक्रममा  स्थानीय जनप्रतिनिधि,राजनैतिक दल,पत्रकारहरुको उपस्थितिका लागि अनुरोध गरिएको बताइएको छ । उक्त पद मार्ग संगै भवन र भौतिक संरचना समेत बन्ने पचालझरना गाउँ पालिका अध्यक्ष  खड्गराज सेजुवालले बताउनु भएको छ ।यस अघि ५ सय मिटर र्‍यालिङ सहितको बाटो बनी सकेको र बांकी रहेको ठाउँमा थप ब्यबस्थित बाटो बन्ने बताइएको छ । यस अघि पचालझरनाले पर्यटन प्रबर्द्धनका लागि झरनाको फेदिमा विशेष गाउँ सभा र पत्रकार महासंघको प्रदेश सम्मेलन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित