मलामिबाट घर फर्किएका बिष्टको भिरबाट खसेर मृत्युु

7
SHARES
15
VIEWS

कालीकोट । मलामिबाट घर फर्किने क्रममा एक जनाको ज्यान गएको छ । नरहरिनाथ गाउँ पालिका ८ बसन्तपुर निवासी ४८ वर्षका लाल बहादुर बिष्टको निधन भएको हो । दाहसंस्कार गरेर घर फर्किने क्रममा लालुको बल्देमा बिष्टकाे भिरबाट खसेर मृत्यु भएकाे स्थानीयले बताएका छ्न । गाउमा आउनका लागि बिहीबार सांझ हिड्ने क्रममा ठेस लागेर बल्देको भिरमा १ सय ५० मिटर तल खसेको र अबेर भैसकेकाले कसैले थाहा नपाएको शुक्रवार बिहान खोजी गर्दा मृत अवस्थामा बिष्टको सव भेटिएको गणेश बिष्टले बताउनु भयो । मृतक बिष्टका तीन छोरा र दुई छोरी रहेको बताइएको छ । मृतक बिष्टले मदिरा सेवनका कारण भिरबाट खसेर निधन भएको हुन सक्ने आसंका लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित