नेपालि कांग्रेस कालीकोटको ३० वर्षको नालिवेलि ? कुन कुन नेता चुनावि मैदानमा भिडेका थिए ?

7
SHARES
15
VIEWS

कालीकोट । नेपालि कांग्रेसको ३० वर्षे इतिहासमा अहिले सम्म निर्वाचन हात पार्न सकेको छैन । २०४८ सालको संसदिय निर्वाचनमा जित हांसिल गरेको कालीकोटमा त्यस यता जिल्लाको कुनै निर्वाचनमा हात पार्न नसकेको नेपालि कांग्रेसले गहिरो समक्षिा गरेर अघि बढ्दै छ । २०४८ सालमा प्रतिनिधि सभामा तिकल प्रसाद न्यौपानेले जित हांसिल पछि अहिले सम्म कुनै पनि निर्वाचनमा जित हांसिल नगरेको बताइएको छ ।

प्रतिनिधि सभाका माननिय(सांसद) तिलक न्यौपानेले पनि पुरा कार्यकाल नभई तिन वर्षमै मध्यवधि भएपछि उनको सपना अधुरो रह्यो । २०५१ साल सम्म माननिय सांसद तिलक प्रसाद न्यौपाने भएपछि नेकपा (एमाले)का यज्ञराज न्यौपाने सांसद भए । त्यस ताका प्रतिद्धन्द्धि तिलक प्रसाद न्यौपाने रहेका थिए ।

सो निर्वाचनमा नेपालि कांग्रेसका विष्ण बहादुर शाहीले पार्टीबाट स्वतन्त्र उम्मेद्धार बने पछि नेपालि कांग्रेसले विजयि हांसिल गर्न सकेन भने २०५६ साल एमालेकै प्रेमबहादुर सिंहले विजयि हांसिल गरेका थिए ।

सो समयमा नेपालि कांग्रेस कालीकोटबाट तत्कालिन जिविस सभापति भएका नेत्र बहादुर शाहीले प्रतिष्प्रधि रहेका थिए । त्यस यता निर्वाचन नभएपछि २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा नेकपा माओवादीका खड्गबहादुर विक(प्रकाण्ड(ले जित हांसिल गरेका थिए ।

संविधिान सभाको प्रतिष्प्रधि हिक्मत बहादुर विष्ट रहेका थिए । पुन २०७० सालमा भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाहीले विजयि हांसिल गरे सो समयमा नेपालि कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाही प्रतिष्प्रधि रेहका थिए ।

त्यस पछि २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एमाले विचको गठबन्धनमा नेकपा माओवादी केन्द्रका दुर्ग बहादुर रावतले विजयि हांसिल गरेका थिए । उक्त निर्वाचनमा नेपालि कांग्रेस कालीकोटबाट पुन युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिष्प्रधा गरेका थिए ।
स्थानिय निर्वाचनमा ३० गाविसमा अधिकांस गाविस जितेको कालीकोटमा २०७४ सालको स्थानिय निर्वाचनमा महावै गाउँ पालिकामा एक जना अध्यक्ष मात्र जित हांसिल गरेको छ भने अधिकांस वडाहरु जित हांसिल गरेको छ ।

विभिन्न निर्वाचनमा पार्टी भिबाट घात भएको नेपालि कांग्रेसको निष्कर्ष रहेको छ । कालीकोटमा नेपालि कांग्रेस कालीकोटले १० औं राष्ट्रिय महाधिवेशन पूर्व भएको कालीकोट जिल्लाको सातौं जिल्ला अधिबेसनमा सहमतिको बाटो लियो ।

लामो समयको रस्साकस्सि पछि कालीकोटमा भागबण्डाका आधारमा जिल्ला अधिवेशन सम्पन्न गरेपछि नेताहरुले अन्तरघातका कारण कालीकोटमा नेपालि कांग्रेस हरेक निर्वाचनमा पराजय हुने गरेकाले आउने निर्वाचनमा एक भएर अघि बढ्ने र तिनै तहका निर्वाचनमा जित हांसिल गर्ने योजना अघि सारेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित