‘ओभर डोज’को बोल्ड सिनले तरंग

7
SHARES
15
VIEWS

काठमाडौं । मंसिर १७ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ओभर डोज’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले शुक्रबार फिल्मको ट्रेलर (सिन) सार्वजनिक गरेको छ । उक्त सिनले पछिल्लो समय तरंग ल्याएको छ ।

महिला प्रतिको आकर्षण, प्रेम, एक्सन समेटिएको ट्रेलर हलिउड शैलीमा निर्माण गरिएको छ । अमेरिकामै सम्पूर्ण छायाङ्कन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिको संयुक्त ब्यानरमा बनेको हो । फिल्मका निर्देशक सुमन पौडेल हुन् ।

प्रनिशराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म जीवनकुमार केसीले निर्माण गरेका हुन् । निर्माता जीवनकुमार केसीले फिल्म युवापुस्ताको रुचीलाई ध्यानमा राखेर निर्माण गरेको बताए ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायाङ्कन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि।जि ग्रूप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित