बिप्लव नेकपाको मुल्य वृद्धि विरुद्ध नेपाल बन्दले कालीकोट प्रभाबित(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको कालीकोटमा सामान्य प्रभाव परेको छ । जिल्ला सदरमुकाम मान्म बजारमा बन्दको खाशै असर परेको छैन । अन्य ठाउँमा भन्दा पनि विहानै देखि जिल्ला बाहिर जाने सवारी तथा मालबाहक साधन चलेका चल्न छाडेका छ्न भने पसल, उद्योग, कलकारखाना खुला रहेका छ्न ।बिप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोध गर्दै नेपाल बन्द गरेको  हो ।लामो यात्राका लागि आएका यात्रुहरु रातारात गन्तव्य लागेको र बन्दमा घटना हुन नदिन  बजार आसपासमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।

नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप) द्वारा शनिबार  एक विज्ञप्ती जारी गरी बन्द सफल पार्न आग्रह गर्दै जिल्लाबासिलाइ अनुरोध गरिएको थियो । यातायात उद्योग, व्यापार, व्यवसाय, शिक्षण संस्था, सरकारी तथा गैर सरकारी कार्यालय पूर्ण बन्द गर्न विज्ञप्तिमा मार्फत अनुरोध  गरिएको छ । नेकपाका कार्यक्रताले आइतबार मुल्य वृद्धिको बिरोध गर्दै सिटी जुलुश समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित