महावै र तिलागुफामा हिमचुलि सहकारी द्धारा राहत बांडियो

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको महावै र तिलागुफामा हिमचुलि कृषि सहकारी संस्था द्धारा राहत बांडिएको छ । महावैमा विमा राहत प्रदान गरिएको छ भने तिालगुफा नगरपालिकामा वालवालिकाहरुलाई वर्षरी सहयोग र युवा उद्यमिहरुलाई राहत वापतको रकम बांडिएको हो ।

महावै ६ गेला निवासि कमला शाहीको भिरबाट खसेर गएको माघ २८मा दुर्घटनामा परि मृत्यु भएको थियो । मृतक परिवारलाई आज एक कार्यक्रमका विच एक लाखको चेक हस्तान्तरण गरिएको हो ।

राहत वितरणमा कार्यक्रममा महावै वडा न. ६का वडा अध्यक्ष रविन्द्र शाहीले मृतकका श्रीमान प्रेम बहादुर शाहीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको संस्थाका पिलि सेवा कार्यालय व्यवस्थापक जयचन्द्र अधिकारीले बताउनु भएको छ । वहांका अनुसार राहत हस्तान्तरण कार्यक्रममा श्रदान्जलि कार्यक्रम गरिएको बताउनु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष रविन्द्र शाहीले संस्थाले ग्रामिण क्षेत्रमा घरदैलोमा आएर बचत गराउनुका साथै विमा राहत वापतको एक लाख पाउनुले ठुलो राहत भएको बताउदै विगतमा विमाका नाममा लुटपाट भएको सन्दर्भका बारेमा बोल्दै हिमचुलि कृषि सहकारी संस्थाले विश्वासिलो काम गरेकाले सबै दिदीवहिनीहरुलाई बचत गर्नु पर्नेमा जोड दिनु भएको छ । शिखर इन्सुरेन्स कम्पनि लि.को सहयोगमा एक लाख राहत हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा समुहका महिला,संस्थाका आन्तरिक लेखापरिक्षक रुपेन्द्र ऐडी लगाएतको सहभागितामा कार्यक्रम भएको संस्थाका बचतकर्ता रत्नरुपा शाहीले बताउनु भएका्े छ । हिमचुलि कृषि सहकारी संस्थाले प्रत्येक सदस्यहरुको दुर्घटना विमा गर्दै आएको छ ।

यस अघि खांडाचक्र नगरपालिका ११ कि अनिता शाहीलाई दुर्घटना विमा राहत वापत एक लाख रकम हस्तान्तरण गरेको थियो ।

त्यसै गरी हिमचुलि कृषि सहकारी संस्था लि.ले तिलागुफामा २१ जना युवा उद्यमिलाई ५०००का दरले र२८ जना वालवालिकाहरुलाई दोस्रो चरणको वर्षरी सहयोग ५०००का दरले कुल जम्मा १ लाख ७९ हजार राहत प्रदान गरिएको बताइएको छ ।

संस्थाको सेवा कार्यालय गाल्जेका व्यवस्थापक गजेन्द्र बहादुर शाहीका अनुसार कार्यालयमा एक कार्यक्रमका विच शिक्षा अधिकृत लिलाराज बम र कालासिल्ला माविका प्रधानध्इापक देवि भक्त न्यौपानेको उपस्थितिमा युवा उद्यमि र वालवालिकाहरुलाई राहत प्रदान गरिएको बताइएको छ ।

जिल्लामा सेभद चिल्डेको आर्थिक सहयोग तथा भिडिसेफ नेपाल कालीकोटको सहजिकरण र हिमचुलि कृषि सहकारी संस्था लि.को आयोजनामा विगत ४ वर्ष देखि वालवालिका र युवाहरुका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

यस कार्यक्रमले युवाहरुलाई उद्यम तर्फ आकार्षण गर्न र वालवालिकाहरुलाई शिक्षामा अग्रसर गराउने काम गर्दै आएको भिडिसेफ नेपालका युवा शसक्तिकरण परियोजना अधिकृत भुपालसिंह बोहराले बताउनु भएको छ । यस अघि नरहरिनाथ गाउँ पालिकामा पनि युवा उद्यमि तथा वालवालिकाहरुलाई उक्त रकम वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित