कालीकोट ।नेकपा( माओवादी केन्द्र) पचालझरनाको प्रथम पालिका सम्मेलनको पुर्ब तयारी बैठक तथा वडा नम्बर ४ को प्रथम बैठकमा केन्द्रिय लेखा आयोगका सदस्य तथा रास्कोट नगरपालिका प्रमुख काशि बराललाइ सम्मान गरिएको छ । सोमबार नेकपा(माओवादी केन्द्र)पचालझरनाले सम्मान गरेको गाउँ गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भयो । पार्टी कामको सिलसिलामा पचालझरना आइपुग्नु भएको केन्द्रिय लेखा आयोग सदस्य बरालले उपस्थित पार्टी कार्यक्रतालाइ निर्देशन दिदै पार्टी गतिशीलता पैदा गर्न र आगामी निर्वाचनमा कालीकोटमा बलियो उपस्थिति जनाउने गरि पचालझरना लागि पर्न अनुरोध गर्नु भएको छ । पचालझरना गाउँ पालिकाको पुर्ब तयारी तथा वडा नम्बर ४ को प्रथम बैठक बसेको पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले केन्द्रिय लेखा आयोग सदस्य बरालको सहभागितामा बैठक बसेको बताउनु भएको छ । लेखा आयोग सदस्य पछि पहिलो पटक पचालझरना गाउँ पालिकामा अभिनन्दन गरिएको हो । बराल संगै पाका कम्युनिस्ट नेता तथा साबिक राम्नकोटका उपाध्यक्ष प्रेमलाल सेजुवाललाइ समेत अभिनन्दन गरिएको थियो ।
Discussion about this post