कालीकोट । नेकपा(माओवादी केन्द्र)को गाउँ सम्मेलनका क्रममा शुभकालिका गाउँ पालिकामा गोविन्द्र आचार्यको अध्यक्षतामा गाउँ कमिटि सर्वसम्मत भएको छ ।
जसको उपाध्यक्षमा मनबहादुर शाही,जवानसिंह सुनार र दिप बहादुर शाही रहेका छन भने सचिवमा गंग महतारा,सहसविच प्रेम हमाल र कोषाध्यक्षमा जनपुरा रोकाया(महतारा) सहित ५५ सदस्य गाउँ कमिटि गठन भएको बताइएको छ ।
शुभकालिका गाउँ पालिका उपाध्यक्ष जवानसिंह सुनारका अनुसार सहज तरिकाले विवाद रहित नेतृत्व सर्वसम्मत भएको बताउनु भएको छ । कालीकोट जिल्लामा हाल सम्म पचालझरना,पलांता गाउँ पालिका र तिलागुफा नगरपालिकामा गाउँ सम्मेलन सम्पन्न भएका छन भने अन्य स्थानिय तहमा नेतृत्व छनोटको तयारीमा रहेको बताइएको छ ।
Discussion about this post