पचालझरनाको लेकाली बस्तीमा खानेपानी,बालमैत्री धारा निर्माण गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको  वडा नम्बर ७ नानिकोटको तिखित,तल्छानी र ऐडारमा खानेपानी आयोजना शुरु भएको छ । लेकाली वस्तिमा लामो समय देखि खानेपानीका अभाब झेल्दै आएका त्यहाँका स्थानीयलाई घन्टौं लगाएर खानेपानी ल्याउन बाट मुक्त हुने भएका हुन ।आज एक कार्यक्रमका बिच उक्त खानेपानी आयोजनाको सिलन्यास गरिएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल र हुरुण्डेक नेपालका कार्यबाहक अध्यक्ष बिरेन्द्र बुढाले सिलान्यास गर्नु भएको छ । सिलान्यासका क्रममा बोल्दै अध्यक्ष सेजुवालले पचालझरनामा हुरुण्डेक नेपाल मार्फत विभिन्न कार्यक्रम संचालन भएकोमा धन्यवाद दिदै खानेपानी आयोजना नमुना बनाउन अनुरोध गर्नु भएको छ ।उक्त खानेपानी आयोजनाको लागत पचालझरना गाउँ पालिकाको ८ लाख १५ हजार सात सय ६४ र  क्याप्स कर्नाली परियोजनाको २७ लाख ५० हजार गरेर कुल ३५ लाख ६५ हजार सात सय ६४ मा सम्पन्न हुने खानेपानी ५ किलो टाढा बाट ल्याइने र १० वटा बालमैत्री धारा निर्माण हुने हुरुण्डेक नेपालका कार्यबाहक अध्यक्ष बुढाले बताउनु भएको छ । सो परियोजना नेपाल सरकार बन तथा वातावरण मन्त्रालय अन्तरगत  अनुकुलन कोषको आर्थिक सहयोग सयुक्त रास्ट्र संघीय बिश्व्व खाद्य कार्यक्रम को कार्यान्वयन र हुरेन्डेक नेपालको सामाजिक तथा प्राबिधिक सहयोग मा आन्चालित क्याप्स कर्नाली परियोजना द्वारा संचालन हुन लागेको बताइएको छ  ।पचलझरना गाउँ पालिका र हुरुण्डेक नेपालको साझेदारीमा खाद्य सुरक्षा कार्यक्रम अन्तरगत सितभण्डार,बिरुवा उत्पादनका लागि हाइटेक नर्सरी उद्द्म ब्यबसायका लागि भौतिक संरचना निर्माणका काम भएको भएको पचालझरना गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित