रास्कोटमा दुई सय ५० घरधुरीमा सुरक्षित खानेपानी युक्त वडा घोषणा

7
SHARES
15
VIEWS

सुर्खेत । रास्कोटका दुई वडाका दुई सय ५० घरधुरीमा सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । रास्कोटका वडा नम्बर ४का ५० घरधुरी र ९ का दुई सय गरेर दुई सय २ सय ५० घरधुरीलाई एक कार्यक्रमका बिच घोषणा भएको हो ।युनिसेफ नेपालको ५० प्रतिशत र रास्कोट नगरपालिकाको ५० प्रतिशत गरेर सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो । रास्कोट नगरपालिकाका कार्यबाहक प्रमुख बिनोद शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम लगाएतको उपस्थितिमा सम्पन्न भएको युनिसेफका जलबायु,उर्जा तथा वातावरण संयोजक गणेश रावलले बताउनु भयो ।वहाँका अनुसार हाल सम्म रास्कोटका वडा नम्बर १,४,५,८ र ९ का घरधुरीमा घोषणा गरिएको र बांकी  वडाहरु २,३,६ र ७ का समुदायमा घोषणा गरिने बताइएको छ ।कर्नाली प्रदेशको खाडाचक्र नगरपालिका पछिको दोस्रो स्थानमा घोषणा भएको रावलले बताउनु भयो । कलाकार धर्मराज ताम्राकारले खाडाचक्रमा युनुसेफ नेपालले सरसफाइ कार्यक्रम भएक बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित