कालीकोटबाट सहभागि माओवादी प्रदेश कमिटिमा कस्को बाहुल्यता कति ?

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेशको पहिलो सम्मेलनमा पदाधिकारी विना प्रदेश समिति घोषणा गरिएको छ । यस अघि केन्द्रिय सदस्यहरुले जिम्मा लिएको प्रदेश अध्यक्ष र सचिवको जिम्मेवारी प्रदेश कमिटिलाई दिएको छ । २ सय ११ जना प्रदेश कमिटि सदस्यको पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने बताइएको छ ।

त्यस भित्र सबै भन्दा बढि रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट ३० , जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् । प्रदेश समिति सदस्य भएका छन भने कालीकोटमा ३० जना प्रदेश समितिमा महिला सहभागितामा ३५ प्रतिशतमा हुनु पर्ने १० जना भएपनि अल्किना बम,मिठु शाही,कृष्णकला शाही(काफ्ले),मिमसरा शाही,यशोदा न्यौपाने,तारा न्यौपाने,गंगा खड्का र लक्ष्मि विष्ट (नेपालि)मात्र रहेका छन ।

त्यसै गरी दलित २७ दशमलव ७६ भूगोल तर्फ र २ प्रतिशत जनसंख्याका आधारमा ३० प्रतिशतमा हुनु पर्ने जम्मा ४ जना भएपनि भरत विक,अनन्त विक,तुलराज विक रहेका छन ।दलित नेता दिनेस चदाराका अनुसार कालीकोटमा २७प्रतिशत भूगोल र जनसंख्या गरेर १० जना दलितको सहभागिता हुने पर्ने बताउदै प्रदेश कमिटीमा थप सहभागीका लागि नेतृत्वलाई सुझाब दिएको बताए । त्यसै गरी युवाहरुको सहभागिता २० प्रतिशत रहेको छ भने अल्पसंख्यक ५ प्रतिशत समेट्ने बताइएको छ ।

जसमा क्षेत्रिको बाहुल्यता सरोज बोगटी,खड्गराज सेजुवाल,जय महतारा,अग्र विष्ट र गगन फडेरा चुनिएका छन जसमा महिला क्षत्रिमा ३ जना रहेका छन । बाहुनहरुमा लक्ष्मि चौलागाई,कृष्ण आचार्य र विष्णु बराल रहेका छन ।जसमा बाुहन महिलामा १ जना रहेका छन ।

कालीकोट जिल्लाबाट कर्नालि प्रदेश कमिटिमा सबै भन्दा बढि ठकुरीहरुको बाहुल्यता रहेको पाइएको छ ।जसमा धनजित शाही,ऐन बहादुर शाही,जगत शाही,नेत्रराज शाही,रतन शाही,रतन बम, लक्ष्मण बहादुर बम,देबजंग शाही,खेम बहादुर सिंह,डम्बर शाही र गणेश बहादुर शाही रहेका छन । प्रतिशतको आंकडामा ३४ प्रतिशत सहभागिता रहेको छ ।

प्रदेश स्तरिय नेतृत्वले सहभागिताका सवालमा अपुग रहन गएको विश्लेषण हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित