माओवादी केन्द्रको राष्टिय सम्मेलनमा कालीकोटबाट को को परे ?(नामावलि सहित)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा कर्नालि प्रदेशका १० जिल्लाबाट ८७ जना प्रतिनिधि पठाइएको छ ।

सोही अनुसार कालीकोट जिल्लाबाट ११ जनालाई पठाएको छ । कर्नालि प्रदेश कमिटिले कर्नालिका १० जिल्लाबाट न्युनतम ४ जना देखि १५ जना सम्म सिफारिस गरेको नेकपा माओवादी केन्द्र कर्नालि प्रदेशका कार्यालय सचिव प्रशान्तले बताएका छन । उनका अनुसार पार्टी सदस्यताका आधारमा प्रतिनिधि पठाइएको बताए । कालीकोट जिल्लामा १२ हजार ७ सय पार्टी सदस्य भएकाले ११ जना प्रतिनिधि पठाइएको जिल्ला संयोजक धनजित शाहीले बताएका छन । सोही अनुसार एकै गाउँ पालिकाबाट धेरै परेका छन भने कुनै गाउँ पालिका भने खालि भएको बताइएको छ । जिल्लामा महिला दलित तथा युवा र अन्य सहभागितालाई मिलाउदा सोही अनुसार पर्न गएको बताउदै त्यसलाई अन्इ अर्थमा लिन नहुने शाहीको भनाई रहेको छ ।

जस अनुसार तिलागुफा नगरपालिकाबाट ३ जना,खांडाचक्र नगरपालिकाबाट ४ जना,नरहरिनाथ गाउँ पालिकाबाट ३ जना र पचालझरना गाउँ पालिकाबाट १ जना गरेर ११ जना रहेको बताइएको छ । जिल्लाका महाबै गाउँ पालिका,शुभकालिका गाउँ पालिका,सान्नित्रिवेणि गाउँ पालिका,रास्कोट नगरपालिका र पलांता गाउँ पालिकामा भने कुनै पनि प्रतिनिधि नपरेको बताइएको छ ।
को को परे त राष्ट्रिय सम्मेलनमा नामावलि सहित :
१)धनजित शाही(आदर्श),खांडाचक्र नगरपालिका
२)दुर्ग बहादुर रावत(उज्वल),तिलागुफा नगरपालिका
३)विरेन्द्र बुढा(जिवन),नरहरिनाथ गाउँ पालिका
४)लक्ष्मि चौलागाई(शैलेन्द्र),खांडाचक्र नगरपालिका
५)गंगा खड्का,(विरोध),खांडाचक्र नगरपालिका
६)यशोदा न्यौपाने(पूर्णिमा),खांडाचक्र नगरपालिका
७)विष्णु विक(विकल्प),नरहरिनाथ गाउँ पालिका
८)मनशोभा बुढा(आशा),नरहरिनाथ गाउँ पालिका
९)गणेश शाही(विद्रोही),तिलागुफा नगरपालिका
१०)पौरख विक(प्रमोद),पचालझरना गाउँ पालिका
११)महेन्द्र बहादुर शाही(शुसान्त),तिलागुफा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित