जनयुद्धका सहिद कर्नाली प्रदेशमा सबै भन्दा बढी कालीकोट

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)ले थालनी गरेको जनयुद्धका क्रममा कर्नाली प्रदेशको हकमा सबै भन्दा बढि कालीकोट जिल्ला बाट सहिद भएको संख्या रहेको छ । नेकपा (माओवादी केन्द्र) कर्नाली प्रदेशको प्रथम सम्मेलनमा घोषणा गरिएको प्रतिबेदनमा सो कुरा उल्लेख गरिएको छ । सहिदको विवरण पेश गर्दै तत्कालीन सचिब रामदिप आचार्यले कालीकोट जिल्ला बाट ४ सय ८३ जना,रुकुम पश्चिम बाट ३ सय ४३ जना,जाजरकोट बाट ३ सय ३४ जना,सल्यान बाट २ सय ४१ जना,जुम्ला बाट ३ सय ३१ जना रहेका छ्न । त्यसै गरी सुर्खेत १ सय ८४ जना,दैलेख जिल्ला बाट १ सय ९६ जना,हुम्ला १ सय २७ जना, मुगु ६८ जना र डोल्पामा सबै भन्दा कम ५४ जना गरेर २ हजार ३ सय ६१ जना  रहेको बताइएको छ । त्यसै गरेर जनयुद्ध शुरु भएको १४ दिन पछि जाजरकोटमा फागुन १४ गते प्रहरीले दुई जनालाइ गोलि हानेर हत्य गरेको घटना पनि प्रतिबेदनमा समाबेश गरिएको छ । सो घटनाका दुबै जना मान बहादुर रावल र मन बहादुर वलिलाइ जनयुद्धको पहिलो सहिदका साथै कर्नाली प्रदेशको पहिलो सहिदका रुपमा उल्लेख गर्नु पर्ने सहभागीले सुझाब दिएका छ्न । समूह नम्बर ८ का टिम लिडर खडगराज सेजुवालले सुझाव राख्दै दुबै जनालाइ जनयुद्धको पहिलो सहिदको सुचिमा राख्न अनुरोध गर्नु भएको  थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित