पलातामा जनयुद्धका शहिद परिवारलाई माओवादीबाट निर्वाचित वडा अध्यक्षले नै तिम्रो छोरा गाइ बाख्रा हेर्न गएर मरेको भने पछि………

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउँ पालिकाका एक शहिद परिवारलाई सिफारिस माग्न जांदा तिम्रो छोरा कहिले कुन ठाउँमा शहिद भएको हो आफुलाई जानकारी नभएको भन्दै सिफारिस दिन आनाकानि गरेका छन ।

पतांला गाउँ पालिका वडा न २ का वडा अध्यक्ष विद्धि विक(विरी)ले शहिद परिवारलाई कर्नालि प्रदेश सरकारले दिने २ हजार राहतका लागि सिफारिस माग्दा  गाइ बाख्रा हेर्न गएर मरेको होकी के हो आफुलाई जानकारी नभएको उल्टै हपारेर पठाएको बताएका छन ।

जनयुद्धका क्रममा ज्यान गुमाएका पलांता वडा न.२का लक्ष्य शार्कीका छोरा दानसिंह शार्की(गौरव)ले २०५८ सालमा जुम्लामा तत्कालिन शाहीसेनाको गोलि खाएर मृत्यु भएको र यस अघि १० लाख राहत समेत बुझेको भएपनि पूर्वाग्राही भएर वडा अध्यक्ष विकले उल्टै हप्काएपछि विना सिफारिस लक्ष्य शार्की घर फर्केको बताइएको छ ।

जनयुद्धमा ज्यान गुमाएर माआृवादी पार्टीले सम्मान गर्ने तर सोही पार्टीबाट निर्वाचित वडा अध्यक्षले जनयुद्धमा सहभागि भएका आफ्नो छोरालाई गाई बाख्रा हेर्न गएर मरेको होकी भनेपछि आफ्नो छोराको लास चाहियो भन्ने प्रश्न गरेका छन ।

शहिद परिवार लक्ष्य शार्किले मलाई न्याय दिने की छोराको मृत्युका बारेमा जानकारी दिने वडा अध्यक्ष र पलांता सरकारले जवाफ दिनु पर्ने बताएका छन । यसका बारेमा वडा अध्यक्ष विद्धि विक(विरी)लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यस अभिव्यक्तिले सिंगो कालीकोटका ४ सय ४३ जना शहिद परिवारलाई आघात पुगेको बताइएको छ । यस अघि वडा अध्यक्ष विद्धि विक(विरी)ले उमेर नपुगेर दुई जनालाई नागरिकताका लागि सिपारिस पनि दिएको घटना विवादमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित