महावै जोड्ने पदमार्गको सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको महावै गाउँपािलकामा पर्यटन पदमार्गको आज सिलान्यास गरिएको छ ।

महावै गाउँ पालिकाको वडा न. २,३ र ७मा पर्ने कोटखौला एल्खेसल्ला पर्यटन पदमार्गको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटका जिल्ला सचिवालय सदस्य चित्रसिंह गाउँले र महावै गाउँ पालिकाका उपाध्यक्ष मनराज शाहीले उद्घाटन गर्नु भएको हो ।

उक्त पदमार्गले पर्यटकिय क्षेत्र महावुमा आवत जावत गर्न सहज हुने बताइएको छ । गाउँ पालिका उपाध्यक्ष मनराज शाहीले प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तरगत ३४ लाख लागतमा २ किलोमिटर पर्यटन पदमार्ग कोटखौला देखि एल्खेसल्ला सम्मको काम हुने बताउनु भएको छ ।

तिन वटा वडाका समुदायका लागि मात्र नभई सिंगो गाउँ पालिकाका समुदायका लागि फाइदा पुग्ने बताउनु भएको छ । पछिल्लो समयमा महावै गाउँ पालिकाका ग्रामिण क्षेत्रमा विकासको गति बढ्दै गएको उपाध्यक्ष शाहीको भनाई रहेको छ ।

महावु लेक चर्चित धार्मिक स्थल हो यहां दैलेख,जाजरकोट र कालीकोटको संगम स्थलका रुपमा चिनिदै आएको छ । वर्षनि ठुलो मेला लाग्ने गर्दछ । यस क्षेत्रलाई कर्णालि प्रदेश सरकारले पर्यटन हवका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

कर्णलि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले गएको वर्ष स्थलगत अध्ययन गरी नमुनाको रुपमा महावुलाइ लैजाने प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित