कर्नालिका उच्च हिमालि जिल्लामा तेस्रो पटक हिमपात,जनजिवन कष्टकर

7
SHARES
15
VIEWS

कालीकोट। कर्नालि प्रदेशका उच्च हिमालि जिल्लाहरुमा चिसो बढेको छ शुक्रबार देखि हिमपात शुरू भएपछि चिसो बढेको हो । हिमपात भए संगै कर्नालि प्रदेशका उच्च हिमाचलि जिल्लाहरु हुम्ला,जुम्ला,डोल्पा,कालीकोट, मुगु तथा जाजरकोटका माथिल्लो क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।
शुक्रवार परेको वर्षाका कारण सिमकोट,गमगडी लगाएतका क्षेत्रमा हिमपात भएको हो । यस पटकको गरेर तेस्रो पटक हिमापात भएको बताइएको छ । कालीकोटको तिलागुफाको फोइमहादेव, रांचुलि,चिल्खाया लगाएतका ठाउमा हिमपात भएको बताइएको छ ।
हिमपातका कारण कयौं जिल्लामा संचार सेवा अवरुद्ध हुनुका साथै आवतजावतमा कठिनाई आएको बताइएको छ । हुम्लाको नाम्खा गाउँपालिकामा  सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित भएको छ।यहाँका बासिन्दाहरु अहिले दाउराको जोहो गरेर आगो ताप्न थालेका छन । हिमापत संग आएको वर्षाले हिंउदे वालिमा भने सहजता ल्याएको कृषकहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित