कालीकोटमा कोरोना संक्रमित घटे

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लामा संक्रमितको संख्या पछिल्लो समय घटेको छ ।

गएको जेष्ठ तेस्रो साता सदरमुकाम मान्ममा आइसोलेसनमा राखिएका कालीकोटका २८ र बाजुरा १ गरी २९ जना मध्ये २५ जनाले कोरोना संक्रमितहरुको पटक पटक गरिएको पिसिआर परिक्षण नेगेटिभ आएपछि आज २५ जनालाई घर पठाइएको छ ।

जिल्ला स्वस्थ्य सेवा निमित्त व्यवस्थापक भिष्म प्रासद पोख्रेलका अनुसार घर फर्किनेमा शुभकालिकाका १२ जना,महावैका ८ जना,खांडाचक्रका २ जना,तिलागुफाका १ जना,पलांताका १ जना र जगनाथ गाउँ पालिकाका १ जना गरी २५ जना घर पठाइएको बताउनु भएको छ ।घर पठाइएकाहरुलाई २१ दिन क्वारेन्टाइनमा बस्ने गरी पठाइएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा.भिष्म प्रसाद पोख्रेलले बताउनु भएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा.भिष्म प्रसाद पोख्रेलका अनुसार दुई पटकको पिसिआर परिक्षण पछि घर पठाइएको बताउनु भएको छ । अव जिल्ला स्थित आइसोलेसनमा चार जना मात्र रहेको बताइएको छ । उनिहरुको अवस्था सामान्य रहेको डा. पोख्रेलले बताउनु भएको छ ।

पिसिआर परिक्षणका लागि कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएका रास्कोटका १०, शुभकालिकाका २,नरहरीनाथका १७,खाडाचक्रका १ र महावैको १ गरी ३१ जनाको पिसिआर रिर्पाेट नेगेटिभ आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित