रास्कोट नगरपालिकामा पूर्व योजना तर्जुमा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको रास्कोट नगरपालिकामा वडा स्तरिय योजना तर्जुमा हुन थालेका छन ।

अषार दोस्रो सातामा हुने नगर सभाका लागि अहिले वडा स्तरमा योजना तर्जुमा हुने क्रम चलेको छ । अहिले सम्म ८ वटा वडामा योजना तर्जुमा भइसकेको रास्कोट नरपालिका प्रवक्ता टक्क फर्सालले बताउनु भएको छ । यस वर्ष कृषि उत्पादन र रोजगार मुलक योजनालाई प्राथमिकता दिएको रास्कोट नगरपालिकाले वडा स्तरबाट पनि त्यहि अनुसार योजना तय गरी ल्याउने तयारी भएको बताइएको छ ।

वडा न. ९मा योजना तर्जुमा गर्दै वडा अध्यक्ष डबल बोगटीले कृषिमा प्राथमिकता दिने गरी योजना छनोट भएको बताउनु भएको छ । वडा न. ६ मा कृषि,स्वस्थ्य शिक्षा र सडकलाई प्राथमिकतामा राखिएको वडा न. ६का सदस्य अमर शार्कीले बताउनु भएको छ । रास्कोट नगरपालिकामा कृषि उत्पादन र २ हजार युवाहरुलाई स्वरोजगार बनाउने योजना रहेको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

वडा न. ६को योजना तर्जुमा बोल्दै वडा अध्यक्ष टक फर्साल

रास्कोटमा युवाहरुको श्रम बैंक स्थापना गरी विकास निर्माणका कार्यक्रमलाई निरन्तर गर्दै आएको छ भने यस वर्ष २ सय ६० जना युवाहरुमा थप गरेर एक हजार जनालाई युवा श्रम बैंकमा बढाउने र कृषि उत्पादनमा दिर्घकालिन र अल्पकालिन गरी दुई किसिमको रोजगार दिने योजना बनाउन लागि परेको बताइएको छ ।

रास्कोटमा महिलाहरुमा उद्यमसिलता तर्फ आकर्षण गरी स्वरोजगार बनाउने योजना अघि बढाइएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा शाहीले बताउनु भएको छ । रास्कोठ नगरपालिकामा महिला संग उपप्रमुख कार्यक्रम तयारी गरी महिलाको क्षेत्रमा शसक्तिकरणका योजनाहरु  गर्दै आएको उपप्रमुख शाहीले बताउनु भएको छ ।

जिल्लामा सबै भन्दा बढि रास्कोट नगरपालिकामा संघिय सरकारले ३२ करोड बजेट विनियोजन गरी पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित