कालीकोट । नेकपा( माओवादी केन्द्र)का कर्नाली प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल( बिश्वप्रकाश) जिल्ला समन्वय समिती कालीकोटको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र “ख” को पदाधिकारीमा आफुलाइ संयोजकको जिम्मेवारी आधिकारिक नभएको बताउनु भएको छ ।
जिल्ला समन्वय समितिको बैठकमा प्रस्ताव आएको तर कर्नाली प्रदेश कमिटी सदस्य भएकाले पालिका र निर्वाचन क्षेत्र “ख” को जिम्मेवारी अन्य साथिलाइ जिम्मेवारी दिन आग्रह गरेको बैठकमा निर्णय नभएको बताउनु भएको छ ।
अध्यक्ष सेजुवालले आफू पार्टीको जिम्मेवारी पुर्ण कार्यन्वयन गर्ने र पचालझरनामा नेकपा(माओवादी केन्द्र)लाई बिजयी गराउने बताउनु भएको छ । जिल्ला संयोजक तथा सचिब दाबी गर्दै आएका सेजुवालले प्रदेश “ख” को संयोजकको जिम्मेवारी बैठकले आधिकारिक निर्णय नभएको स्पष्ट पार्नु भएको छ ।
तत्कालीन जिल्ला संयोजक धनजित शाहीले निर्वाचन क्षेत्र “ख” को केही साथिहरुले असहमति जनाएका कारण छलफलको प्रक्रियामा रहेको बताउनु भएको छ । शाहीका अनुसार फेरी आबस्यक छलफल गरेर टुंगोमा पुग्ने बताउनु भएको छ ।
प्रस्तावको रुपमा निर्वाचन क्षेत्र “ख” को जिम्मेवारीको लागि इन्चार्जमा डम्बर शाही,संयोजक खड्गराज सेजुवाल,सह संयोजकमा जगत शाही (शिखर) लाई जिम्मेवारी तोकिएको थियो ।
Discussion about this post