जनयुद्व दिवस र यसको सन्दर्भिक्ता – रणदिप

7
SHARES
15
VIEWS

विश्व कम्युनिष्ट आन्दोलनका नकारात्मक शिक्षा सहित नेपाली धर्तिको आबस्यक्ता अनुसार तत्कालिन संबैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्रात्मक संसदिय ब्बस्था को अन्त्य र नया जनवादी राज्यसत्ता को स्थापना को लागि गाउँ हुँदै शहर घेर्ने दृघकालिन जनयुद्दको कार्यदिशा अख्तियार गरेर २०५२ साल फाल्गुण १ गतेका दिन संखघोष गरिएको जनयुद्द ले आज २७ बर्ष प्रबृश गरेको छ । जनयुद्द संचालन को नेतृत्व गरिरहेको र नया जनवादी ब्यबस्था प्राप्तगरि समाजवाद हुँदै साम्यवादको परिकल्पना गर्नेहरु लाई प्रास्त गरेर अगाडि बढीरहेको छ। २७ बर्ष प्रबेश गर्दा तमाम अगुवाहरु ले ब्यबस्था परिबर्तनको नाममा आत्मसमर्पण को बाटो रोजेर जनयुद्दका तमाम मूल्य मान्यता बाट पछी हटेर कालो लाई सेतो देखाउने मुर्खता गरिरहेका छन् भने ईमान्दार कम्युनिष्ट हरु माक्सवाद-लेनिनवाद र माअोवाद लाई आत्मासात गर्दै यहाँ सम्म अाईरहेका छन् । जनयुद्दका परिकल्पनाकार हरु नै यसबाट बिचलित भएको देख्दा जनयुद्द दिवस पुर्ण होईन जस्तो लागेपनी सुरु गर्ने भन्दा यसको रक्षा र बिकास गर्ने शक्ति र नेतृत्व मुख्य हुने भएकाले उत्साहाका साथ भन्न सकिन्छ जनयुद्द जिन्दावाद भनेर । अाजको विश्व परिबेस हेर्दा जनयुद्द समाप्त भएको जस्तो देखिए पनि जसरी विश्व पुजिवाद अाफ्नो शोषणको स्वरुपबदलेको छ यसको अन्त्य को तौरतरिका पनि नबदलेर पुजिवादको अन्त्य असंभब भएकाले जनयुद्दको रक्षा र बिकास अनि बैज्ञानिक समाजवाद हुँदै साम्यवाद का निम्ति एकीकृत जनक्रान्ति सहि र बस्तुवादी हुँदै अाईरहृको छ । एकीकृत जनक्रान्ती भनेको जनयुद्द को मुल्यमान्यता को रक्षा र बिकास संगअभिन्न रुपले जोडिएको छ यसको महान उदेश्य र लक्ष्य भनेको समाजवाद हुँदै साम्यवाद हो यश अर्थमा जनयुद्द दिवसको उचाई झन बढेको छ । क्रान्ति र प्रति क्रान्तिको भिषणटक्राव बाट जनयुद्द ले जितेको र प्रतिक्रान्तिकारी हरुले घुडा टेकेको अार्थात प्रास्त भएको भन्न कुनै हिचकिचावट छैन । यश अर्थमा यसको सान्धर्भिकता ले उचाई चुम्दै गहिरहेको छ त्यसैले जनयुद्द दिबसको चर्चा अाबश्यक छ । जनयुद्द दिबस र नकारात्मक शिक्षा बारे
अाजको विश्व परिबेश लाई नियाल्दा पुजिवादी दबदबाहा बढेको र क्रान्तीकारी अान्दोलन कम्जोर परेको देखिए जस्तो भएपनी बिश्वका उत्पिडित समुदायहरु सचेत ढंगले संगठित र आन्दोलित हुँदै आईरहेको अबस्था छ भने नेपालमा पनि जनयुद्द दिबसको सान्धर्भिक्ता झन बढीरहेको छ । जनयुद्दका नकारात्मक शिक्षा पनि छन जस्ले गर्दा आन्दोलन गर्न बेठिक हो भन्ने सोच र चिन्तनको बिकास भएको पनि देखिन्छ । यो सोचको बिकास पनि जनयुद्द बाटै आएको हो यदी जनयुद्द हुदैनथ्यो भने यो सोच्ने चेतना पनि आउदैनथ्यो ।त्यसो हुदा जनयुद्दका नकारात्मक टिप्पोणी हरु लाई पनि उल्लेख गर्नु पर्ने आबश्यक्ता ठानिएको छ जब जनयुद्द लाई योजनाबद्द प्रतिक्रान्तीमा लिने प्रबृती पार्टीमा हावी हुदैगयो पार्टीमा धुब्रिकरण हुन थाल्यो गुटहरु बिचार समुहको नाममा जन्मिए र योजनाबद्द लडाकुहरुलाई अबत लड्न सकिन्न क्या हो भन्ने पार्नु थियो र पा-यो । अर्को तिर नेताको जीवन बदल्नेतिर भरमग्दुर प्रायस ग -यो ब्यबस्था बदल्नु काहाँ हो कहाँ नेताको जिवनशैली बदल्ने तिर लाग्यो र सफल पनि भयो कार्यकर्ता र जनताको जिवनशैलीको ब्यवास्था ग-यो र नेता भए जनता भैहाल्छको नीति समात्यो नीति प्रदान पार्टी भन्दा नेतृत्व प्रदान पार्टी बनाउने घोर संशोधनवादी सिदान्त अगाल्यो र जनवादी केन्दियताको संगठनात्मक सिदान्त ध्वस्त पा-यो । जुन ब्यबस्थाका बिरुद्द बिद्रोह ग-यो त्यही ब्बस्थामा गएर आत्मासमर्पण ग-यो र संघिय लोकतान्त्रिक गणतन्त्र जस्लाई पार्टीको कार्यनिती भनिन्थ्यो लाई रणनिती बनाएर संसदिय आहालमा चुर्लुम्म डुब्यो यी मोटामोटी यी नकारात्मक घटनाहरु भए ।
जनयुद्दका सकारातणमक पक्ष बारे
सकारात्मक पक्ष यस्को धेरै छ र मुख्य पनि हो जनयुद्दले पार्टी भित्र प्रतिक्रान्ती भएको देख्ने नेता कार्यकर्ता र लिडर उत्पादन गर्न सक्यो जस्ले सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनलाई प्रतिक्रान्ती बाट जोगायो यो मुख्य उपलब्धी हो भने गाउका गरिब किसान मजदुर सहिद परिवार ब्यपत्ता परिवार घाईते योद्दाहरु ईमान्दार नेताकार्यकर्ताहरु लाई प्रचण्ड बाबुरामको प्रतिक्रान्तीकारी हर्कतहरुलाई ठिक र बेठीक को पक्ष बिपक्षमा बोल्न मात्र होईन लड्ने बनायो । कार्यनिती लाई रणनिती कनाएर संसदिय ब्यबस्था मै रमाउने हरुका लागि रणनिती क्यामतलब क्रान्तीकारी उपलब्धी यहीहो भनेर प्रतिक्रान्तीका अगुवाहरु जसरी हर्षित छन यास आराम भोकबिलासमा मस्त छन र जनतालाई लुटिरहेका छन एकदिन अबश्य दण्डित मात्र हैन यो अपराधको भागेदार अबश्य हुनेछन यो चिन्ने र चिनिने अबसर प्राप्त हुनु जनयुद्दको सकारात्मक परिणाम नै हो । कुलमा भन्दाजनयुद्द दिवस र यस्को सान्धर्भिक्ता अझ बढेको छएकिकृत जनक्रान्ति मार्फत नेपाल कम्युनिष्ट पार्टी ले यस्को रक्षा मात्र हैन बिकास गरेर प्रतिक्रान्तीमा बदलिएको क्रान्तिलाई पुर्नरसंगठित गरेको छ यसलाई निर्णायक बिजयको बिन्दुमा पु-याउने जिम्मेवारी यसको काँधमा छ र यो बिजयमा पुग्न सफल पनि हुन्छ किनकी यो सत्यको बाटोमा छ र जित हजारौ चुनौतीको सामना गरेर सत्यको नै हुन्छ । लेखक बिप्लव नेकपा कालीकोटका सेक्रेटरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित