चुनावी रौनकता छाउदै,गाउँ गाउँमा दलको सक्रियता बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा राजनैतिक दलको गाउँ केन्द्रित कार्यक्रममा तिब्रता छाएको छ । सबै भन्दा अघि गाउँ केन्द्रित कार्यक्रम गरेको माओवादी केन्द्र संगै अन्य दलहरुमा सक्रियता बढेको हो । नेपाली कांग्रेस,एमाले र समाजवादीले पनि गाउँ केन्द्रित कार्यक्रम अघि बढाएका छ्न । नेकपा(एमाले)कालीकोटले भूगोलमा केन्द्रित हुन कार्यक्रतालाइ निर्देशन दिएको छ भने नयाँ नेतृत्व सहित जिल्लाका नेताहरु विभिन्न गाउँ कमिटीका बैठकमा ब्यस्त रहेको छ्न । नेकपा( माओवादी केन्द्र)कालीकोटले कार्यक्रतालाइ मतदातामा पुगेर आफ्नो अवस्था बुझ्न निर्देशन दिएको छ भने एकीकृत समाजवादीले नरहरिनाथ,शुभकालिका लगाएतका ठाउँमा कार्यक्रम गरेको छ । नेकपा(माओवादी केन्द्र)ले गाउँ पालिका स्तरीय कार्यक्रम गर्दै वडा स्तरमा भेटघाट तिब्र पारेको माओवादी केन्द्र कालीकोटले जनाएको छ । जिल्ला स्तरमा ठुला जनसभा भन्दा पनि आ आफ्नो पार्टीको अवस्था बुझ्न नेता तथा कार्यक्रता गाउँ पसेका छ्न । अहिले जिल्लामा नेताहरु आ आफ्नो अवस्थाका बारेमा गुप्तचर झै टोलि खटाएर नाडी नसा छामछुममा लागेको बताइएको छ ।२०७४ को निर्वाचनमा कालीकोटका पचालझरना,पलाता,सान्नित्रीबेणी,गाउँ पालिका र रास्कोट,तिलागुफा नगरपालिकमा नेकपा(माओवादी केन्द्र)बिजयी भएको थियो भने शुभकालिका र नरहरीनाथ गाउँ पालिका उपाध्यक्ष बाहेक एमाले बिजयी भएको थियो । खाडाचक्र नगरपालिकामा एमालेको पुरै प्यानल बिजयी भएको थियो भने महाबै गाउँ पालिकामा नेपाली कांग्रेसको अध्यक्ष  र एमालेको उपाध्यक्ष बिजयी भएको थियो । पछिल्लो समयमा नेकपा(एमाले)बिभाजन पछि नेपालि कांग्रेसले आफ्नो बिजयी हुने दाबी हुन थालेको छ भने नेपाली कांग्रेसले गाउँ गाउमा अभियान शुरु गरेको छ ।अहिले जिल्लामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनेहरुको लर्को लाग्ने अड्कल हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित