महाबैले तयार पार्‍यो स्वास्थ्य तथा सरसफाइ निति

7
SHARES
15
VIEWS

कालीकोट । महावै गाउँपालिकाले स्वास्थ्य तथा सरसफाइ निति पारित गरेको छ । गाउँ पालिकामा भएको समितिले तयार गरेको मस्यौदा स्वीकृत गरेको बताइएको छ ।
जिल्ला जन स्वास्थ्य अधिकृत कटक महत, स्वास्थ्य संग सक्षम कार्यक्रम का नदु ढकाल,स्वास्थ्य संयोजक बबिता बटाला सहितको टोलिले तयार गरेको स्वास्थ्य तथा सरसफाइ निति पारित गरेको हो । उक्त नीति पारित गर्दै महाबै गाउँ पालिका अध्यक्ष नन्द बहादुर सिंह, उपाध्यक्ष मनराज शाहि,विभिन्न वडाका जनप्रतिनिधिहरुले नितिमाथी आबस्यक सुझाब पेस गरेपछी पारित गरिएको बताइएको छ ।
महाबै गाउँ पालिका कार्यकारी प्रमुख गणेशमान सिहले गाउँ पालिकालाइ स्वास्थ्य र सरफाइ क्षेत्रमा काम गर्न सहज भएको बताउनु भएको छ ।जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले अजिले सम्म नौ वटा स्थानीय तह मध्ये पाँच वटामा स्वास्थ्य तथा सरसफाइ नीति तयार भएको बताउदै अब बाकी रहेको बताउदै महाबै गाउँ पालिका छैटौ रहेकोमा धन्यवाद दिनु भएको छ ।
महाबै गाउँ पालिका अध्यक्ष सिंहले महाबै गाउँ पालिकाको स्वास्थ्य तथा सरसफाइ नीति निर्माणमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै स्वास्थ नीतिले पालिकामा स्वास्थ्य र सरसफाइमा काम गर्न सहज भएको र सोही नीति अनुसार अघि बढ्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित