प्रचण्डलाइ एमसिसिको पछि नलाग्न कार्यक्रताको आक्रोश,युद्ध कालीन स्वास्थ्य कर्मिले आक्रोश पोख्द (पत्र सहित)

7
SHARES
15
VIEWS

कालीकोट।एमसिसीको बिरोधका बाबजुद आज संसदमा टेबल भएपछी जनयुद्धकालका एक जनस्वास्थ्य कर्मीले आक्रोशमा पत्र लेखेका छ्न । युद्धको उपलब्धिको रक्षा भन्दा पनि आफ्नाहरुलाइ काख लगाइ ठगहरुको स्वार्थका लागि मरिहत्ते गरेर एमसिसिको पक्षमा सत्ता लिप्सामा परेक आरोप लगाएका छ्न । रास्कोट निवाशी स्वास्थ्यकर्मी हंश राज न्यौपानेले एक पत्रलेख्दै लाखौ क्रान्तिकारी कार्यक्रता र सहिद परिवारको बेवास्ता गर्दै रास्ट्रघाती एमसिसीको पछि लागेको भन्दै प्रचण्डको बिरोध गरेका हुन ।
हंस न्यौपानेले लेखेको पत्र जस्ताको त्यस्तै !
प्रिय प्रचण्ड !
बिप्लव बैद्य बाबुरामहरुको साथ थियो,तिमिले मुभ भन्दा ज्यानको बाजी लगाउने कार्यकर्ताहरुको ताती थियो,इमान्दार कर्तव्यनिष्ठ कार्यकर्तालाइ पाखा लगाइ पार्टीमा चोर ठग,स्वार्थी, भ्रष्टहरुलाइ स्थान दिइ,लाखौं कार्यकर्ता, शुभचिन्तकको भावना विपरित, सहिदको सपना विपरीत महाकाली र MCC को दलाल संग हात मिलाइ सत्ता स्वार्थमा लिप्त भयौ ! पार्टी टुक्क्रा टुक्रा भयो ज्यानको बाजी लगाउने कार्यकर्ता विदेश पलायन भय, पार्टी धरासायी हुदा अरुले हेप्नु हेपे । माओवादी कमजोर हुदा हजारौं सहिदको रगतले आर्जेको व्यवस्था माथी नै औंला उठाउन थाले, प्रतिकृयावादीहरु सल्बलाउन थाले ।तिमिलाइ रुघा खोकी लागे पनि तिम्रो मृत्युको कामना गर्नेहरुको कमी छैन कमरेड !! तिम्रा कतिपय कमजोरीमा मेरो पनि आपत्ती छ, अहिले तिमिलाइ बिश्व हेरिरहेको छ कमरेड !! बर्गिय क्रान्तिको बिगुल फुकी देशमा गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समावेशी समानुपातिकता जस्ता परिवर्तनको नायक तिमी नै हो । दासत्वको दलदलमा रमायको समाजमा स्वतन्त्रताको बिउँ छर्यौ, कतिपयलाइ पाच्य भयन । त्यसैले तिम्रो मृत्युको कामना गर्नेहरुको हुल बढेको छ । प्रचण्ड तिमी अझैं बाच्नु पर्छ तिमी बाचेको देखेर तिम्रो मृत्युको कामना गर्नेहरु आफै जलेर मरुन् ! अब MCC जस्तो रास्ट्रघात तपाईं को दल सहभागी सरकार ले संसद मा टेबुल गरेको छ तुरुन्त सरकार छोडेर जन्ता संघ हतेमालो गरि फेरी प्रचण्ड बन्ने साहस गर्नुहोला भन्ने अपेक्षा राख्दै ।
(एक शुभचिन्तकको आक्रोस आग्रह र अपेक्षा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित