कालीकोट । सुर्खेतमा सम्पन्न भएको जनक्रान्तिका घाईते तथा अपांग यौद्धा संगठनको अध्यक्षमा अर्जुन कुमार कटुवालल सहित पदाधिकारी सर्वसम्मत चयन गरिएको छ ।
जसको उपाध्यक्षमा स्वर्णिम कुमार बांठा,सचिवमा कालीकोटका विनोद चौलागाई,सहसचिव अशोक तिरुवा र कोषाध्यक्ष बसन्ति परियार रहेको कर्नालि प्रदेश कमिटि चयन भएको बताइएको छ । नेकपा(माओवादी केन्द्र )निकट जनक्रान्तिका घाईते तथा अपांगा यौद्धा संगठनको समितिमा कालीकोटबाट पलांताका शक्ति भण्डारी(कोपिला),भावना कठायत पचालझरना,कालि बहादुर नेपालि खांडाचक्र,अनन्त अधिकारी सहित ३५ सदस्य कमिटि गठन गरिएको शक्ति भण्डारीले बताउनु भएको छ ।जनयुद्धका क्रममा घाईते,अपांगहरुको हितमा काम गर्ने बताइएको छ ।
शनिवार कर्नालि प्रदेशका पहिलो मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रथम सम्मेलनले विनर महताराको अध्यक्षतमा संचालन भएको थियो । कर्नालि प्रदेशमा करिव तिन वर्ष सम्म यस संगठनको कर्नालि प्रदेश कमिटि अध्यक्षको जिम्मेवारी महताराले लिदै आउनु भएको थियो ।
आउने दिनमा जनयुद्धका क्रममा घाईते अपांगहरुको एकिन विवरण निकाल्ने र विभिन्न पालिकाले के कति अपांग तथा घाईतेहरुको हितमा काम गरेका छन सो को जानकारी गरिने भण्डारीले बताउनु भएको छ ।
Discussion about this post