गाउँमा लकडाउनको पालना गर्दै कृषकहरु

7
SHARES
15
VIEWS

कालीकोट,अषार ।जिल्लाका ग्रामिण क्षेत्रमा कोरोना भाइरस महामारीका कारण वालिनालि भित्राउने क्रममा लक डाउनको पालन गर्दै कृषि कार्य हुने गरेका छन । शहरमा भन्दा ग्रामिण क्षेत्र सुरक्षित ठान्दै कयौं वर्ष शहर पसेकाहरु गाउँ छिरेपछि लक डाउनलाई मध्यनजर गर्दै कृषि कार्यमा लाग्न थालेका हुन ।

पचालझरना १का अर्जुन खड्का भारतमा गएर फर्किएपछि कृषि कार्यमा संलग्न भएका छन भने त्यसै गरी सोही गाउँका मदन खड्का पनि रोजगारीका लागि मुुगु गएर लक डाउनको क्रममा घरमा आएपछि परिवार संगै काम गर्न व्यस्त भएका छन । वहाँले भने आफुहरु लामो समय देखि बाहिर रहेकाले घर परिवार संग संगै काम गर्न पाउदा खुशि लागेको   बताउनु भयो । पछिल्लो समयमा अषारको रोपाई देखि वालिनालि लगाउन र भित्राउनका लागि कृषकहरुलाई कुनै पनि असर नपरेको पचालझरना ३का धर्म कठायतले बताउनु भयो । वहाँका अनुसार अहिले कृषि सम्बन्धिको काम धमाधम भइरहेको बताउनु भएको छ ।

कृषक कठायतका अनुसार आलु लगाएतको तरकारी वालिको गोडमेल र रोपाईको चटारो बढेको बताउदै कृषिमा कोरोनाको असरले गर्दा लक डाउनको पूर्ण पालना गरेको बताउनु भयो ।

पछिल्लो समयमा कालीकोटका ग्रामिण क्षेत्रमा कृषि पेशामा युवाहरुका साथै शहरबाट भित्रिएकाहरु पनि सक्रिय भएका छन । सरकारले जग्गा बाझौ नराख्ने भने पछि ज्याला मजदुरका लागि भारत गएकाहरु घर फर्के पछि स्वरोजगार बनाउन रोजगार मुलक कार्यक्रम ल्याउन लागिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले आगामी वर्षको बजेट युवा उद्यमि बढाउन केन्द्रित हुने बताउनु भएको छ ।

त्यसै गरी रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले रास्कोटमा कृषि तर्फ अल्पकालिन र दिर्घकालिन गरी दुई किसिमले कृषक तथा युवाहरुलाई रोजगारी दिने तयारीमा नगरपालिका रहेको बताउनु भएको छ । कर्णालि प्रदेशले पनि स्वरोजगार बनाउने खालका योजना ल्याउन बजेट प्रस्तुत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित