नेकपा पलांताले दियो गाउँ पालिकालाई चेतावनि (विज्ञप्ति सहित)

7
SHARES
15
VIEWS

कालीकोट,अषार । जिल्लाको पलांता गाउँ पालिकालाई गाउ सभाले गरेको निर्णय अनुसार अगाडी बढ्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले चेतावनि दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पलांता द्धारा जारी विज्ञप्तिमा २०७५ साउन ३० गते गाउँ पालिकाको केन्द्र विन्दु पलांता गाउँ पालिका वडा न. २को लोडे जिउलामा हुने भनि गरिएको निर्णय अनुसार गाउँ पालिकाका हरेक क्रियाकलापहरु सोही स्थानमा गर्न गराउन हुन अनुरोध गरिएको छ । हाल गाउँ पालिकाको पाएक नपर्ने थिर्पुमा गाउँ पालिकाका गतिविधिहरु हुदै आएका छन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पलाँता गाउँ कमिटि सचिव राजबहादुर शाही द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । पलांता गाउँ पालिका कार्यालय वडा न. २को लोडे जिउला बनाई कार्यन्वयन गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ आजका मितिबाट अन्यथा गर्न गराउनु भएमा यसबाट हुने क्षति र आउने परिणाम स्वयंम गाउ पालिका र पदाधिकारी हुने पर्ने चेतावनि दिएको छ । गएको चैत्र देखि पलांतामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र पलांता गाउँ पालिका विच अन्तरद्धन्द्धका कारण समस्या आएको छ । यसका बारेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटले समस्या समाधानको तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित