पर्यटनलाई जोड दिदै पचालझरनाको खार्दुमा योजना तर्जुमा सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट,अषार ।आर्थिक वर्ष २०७७।०७८का लागि जिल्ला भर योजना तर्जुमाको चटारो चलिरहेको समयमा पचालझरना गाउँ पालिकाको वडा न. ३ खार्दुमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिदै योजना तर्जुमा सम्पन्न भएको छ ।

आइतवार बसेकोे वडा स्तरिय योजना तर्जुमा कार्यक्रममा वडाका राजनैतिक दल,समाजसेवि तथा सरकारी कर्मचारी र कृषकहरुको सहभागितामा भएको योजना तर्जुमा गोष्ठिमा पचालझरनाको काखमा रहेको खार्दु गाउँ लाई पर्यटन क्षेत्रको नमनुा गाउँ बनाउनका लागि योजना तय भएको वडा अध्यक्ष लोकजंग कठायतले बताउनु भएको छ ।

पचालझरनाको संरक्षण प्रवद्धन र विकासका साथै कृषि क्षेत्रलाई विशेष ग्राहयता दिदै अर्गानिक उत्पादनमा जोड दिने आन्तरिक पाहुनाहरुलाई होम स्टेमा व्यवस्थापन गर्ने र पचालझरना अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटनको विवरण राख्ने बताउनु भएको छ ।

आर्थिक वर्ष २०७६।०७७का लागि वडा न. ३मा विकास निर्माण लगाएतका कार्यक्रमहरुलाई छोडेर चालु तर्फ ५ लाख र पुंजिगत तर्फ १० लाख रकम विनियोजन भएकोमा यस वर्ष बजेट बढेर आउने वडा सचिव दिल बहादुर कठायतले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको सबै भन्दा उचाईमा रहेको वडा न. ३ खार्दुमा भारपाटा,तारु लगाएतका क्षेत्रमा फलफुल तथा तरकारीको राम्रो उत्पादन हुने क्षेत्रमा नमुना कृषि फर्म संचालनको लागि तयारी पुरा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित