कर्नालिमा ९ जना थपिए, संक्रमित संख्या १०८६ पुग्यो

7
SHARES
15
VIEWS

सुर्खेत,अषार । कर्नालि प्रदेशमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्नालि प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट थप पुष्टि भएका छन ।अहिले सम्म कर्नालि प्रदेशमा कोरोना सं‌क्रमितको संख्या १०८६ पुगेको छ ।कर्नालिका विभिन्न जिल्लाबाट ३४२ जना भने डिस्चार्ज भइसकेका छन् । आज(मंगलबार) मात्र १९१ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।
कर्नालि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार दैलेखको दुल्लु नगरपालिका ५ जना र सुर्खेतको गुर्भाकोटका र भेरीगंगा नगरपालिकाका ४ जना रहेका छन् । जस्मा सुर्खेतको गुर्भाकोट नगरपालिका( ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका(११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।

त्यसै गरी दैलेखको दुल्लु नगरपालिका ५ का ३० वर्षीय युवक,३ का एकजना ३२ वर्षीय युवक, ३८ वर्षीय युवक, ७ का ३ वर्षीय बालक र , ११ का ४२ वर्षीय पुरुष रहेका स्वस्थ्य महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित