कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको प्रथम जिल्ला भेलाबाट व्यवसायि नवराज बुढाको अध्यक्षतामा जिल्ला कमिटि सर्वसम्मत चयन भएको छ ।
जिल्ला सदरमुकाम मान्ममा भएको भेलाबाट अन्य पदाधिकारीहरुमा उपाध्यक्ष शंखलाल शर्मा,हेवहरि संज्याल,सचिव टेकेन्द्र विक,सहसचिव राज बहादुर शाही,कोषाध्यक्ष काश्मिरा आचार्य रहेको बताइएको छ । सो भेलामा नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाइ लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।
३१ सदस्य जिल्ला कमिटि रहेको बताइएको छ । नवनिर्वाचत अध्यक्ष नवराज बुढाले कालीकोटका उद्योग व्यापारीहरुको हितमा आफुले काम गर्ने बताउदै संगठनलाई सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।
Discussion about this post