पलाताका धौलागोह र खिनमा हजारौं समुदायको सहभागितामा माओवादी अभियान सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट। पलातामा चुनाबी रौनकता छाएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रित हुँदै टोल टोलमा अभियान थालिएको छ । नेकपा(माओवादी केन्द्र)पलाताका उपाध्यक्ष मन बहादुर भण्डारी(बासिन्दा)ले दिएको जानकारी अनुसार पलाताका वडा नम्बर १ देखि ६ अर्थात साबिकका धौलागोह र खिन गाबिसका सबै वडामा चुनाबी कार्यक्रम सम्पन्न भएको बताउनु भएको छ । सो कार्यक्रममा नेकपा( माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य अनन्त बिक( राजेश),पलाता गाउँ कमिटी अध्यक्ष बिष्णु रोकाया(इन्द्र),उपाध्यक्ष मान बहादुर रोकाया( बासिन्दा)को उपस्थिती रहेको बताइएको छ ।समुदायले बिगतको सरकार जस्तो नेतृत्व गर्ने मान्छे भन्दा जनप्रीय नेतालाइ अवसर दिएर जनताका समस्या समाधान गर्ने गरि अघि बढ्न सुझाव दिएको बताइएको छ । पलातामा जनताको पक्षमा काम गर्ने नेताको खांचो रहेको बताउदै आगामी दिनमा पलाता बासिको दुख कष्टलाइ आत्मसात गर्ने नेताले मात्र सरकार चलाउन माग गरेका छ्न । कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेतृत्व गरेको जुनसुकै नेताले जनताका समस्य बुझ्ने भएकाले माओवादी केन्द्रलाइ बिजयी गराउन अनुरोध गरेका छ्न । लोकतान्त्रिक गणतन्त्रको स्थापना र संघीयता स्थापना माओवादीले गरेकाले यसको रक्षा पनि माओवादी केन्द्रले गर्ने नेताहरुले जोड दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित