कालीकोट । नेकपा(माओवादी केन्द्र)ले कर्नालि प्रदेशका १० वटै जिल्लाको पार्टी प्रशिक्षण कार्यक्रम सुर्खेतमा शुरु गरेको छ ।
स्थानिय चुनाव केन्द्रित गरेर नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुर्खेतको सिटी हलमा नेकपा(माओवादी केन्द्र)का जिल्ला नेता तथा कार्यक्रताहरु सुर्खेत केन्द्रित भएका छन ।कर्नालि प्रदेश अध्यक्ष विमला केसीको अध्यक्ष तथा प्रदेश कमिटि सदस्य धनजित शाही(आदर्श)को संचालनमा कार्यक्रम शुरु भएको छ ।
आज विहान सुर्खेत आइपुगे पछि भएको पत्रकार सम्मेलनमा पुष्पकमल दाहाल(प्रचण्ड)ले देशमा नेकपा(माओवादी केन्द्र)ले गरेको १२ बुंद्धे सम्झौता अनुसार देश अघि बढेकाले उक्त कार्यले अहिले सम्म देश प्रगति तर्फ उन्मुख भएको र यसलाई तुहाउन विभिन्न किसिमका हतकण्डा लागु हुने गरेको बताउनु भएको छ ।
तर त्यसलाई आफुले कुनै हालतमा पनि प्रतिक्रियावादी सफल हुन नदिने प्रयत्न जारी भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले देशलाई कता लैजाने भन्ने कुरा माओवादीको हातमा रहेको समेत दावि गर्नु भएको छ ।
Discussion about this post