कालीकोट,असार । लामो समयको अन्तराल पछि कालीकोट उद्योग वाणिज्य संघले चार जना व्यवसायिलाई मनोनित गरेको छ ।
उद्योग वाणिज्य संघको मंगलवार बसेको समितिको बैठकले व्यवसायि दिनेश शाही,ठम्म आचार्य,राजकुमार शाही र दिलबहादुर रोकायालाइ मनोनित गरेको उद्योग वाणिज्य संघकालीकोटका अध्यक्ष रतन शाहीले बताउनु भएको छ । मनोनित गरिएका दिनेश शाही अटोर्पाटस व्यवसायि हुन भने ठम्म आचार्य तरकारी व्यवसायि रहेका छन भने राजकुमार शाही स्टेशनरी व्यवसायि हुन त्यसै गरी दिल बहादुर शाही एग्रोभेट व्यवसायि हुन ।
गएको वर्ष प्रत्यक्ष तर्फ १० सदस्य निर्वाचित भइसकेका छन । मनोनित गरिएको प्रति तत्कालिन महासचिवका प्रत्यासि जिवन शाहीले विरोध जनाउदै नातावाद लागु भएको भन्दै आपत्ति जनाएका छन । उनले आस्थाका आधारमा विस्वस्त भएकोले उम्मेद्धारी फिर्ता लिएको तर ठुलो हिस्सा ओगेटेको पेय पदार्थ व्यवसायिहरुका प्रतिनिधित्व नभएको प्रति विरोध जनाएका हुन । उनले अब आस्था प्रति विश्वास नरहेको भन्दै स्वतन्त्र भएको समेत घोषणा गरेका छन ।
कालीकोट उद्योग वाणिज्य संघ कालीकोटको गएको वर्ष निर्वाचन हुंदा प्रगतिशिल प्यानल विजयि भएको थियो । उद्योगि व्यवासायिहरुको हितका लागि प्रगतिशिल प्यानलले ८ बुद्धे प्रतिवद्धता सार्वजनिक गरिसकेका छन ।
Discussion about this post