कालीकोट । विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज भरत बम(रणविर) माओवादीलाई २०८४ सालमा २०६४ सालको जस्तै बनाउन वृहत समिक्षा सहित यस अघि सत्तामा गएर भएका गल्तिको जनतामा माफी माग्नु पर्ने बताएका छन। उनले सामान्य तबरले २०६४ जस्तो माओवादी नबन्ने संकेत गर्दै व्याक्तीगत सम्पत राष्ट्रियकरण गर्दै उक्त सम्पति सामुहिक कोष बनाइ उत्पादनमा लगानी गर्नु पर्ने बताएका छन । वेपत्ता यौद्धा दण्डपाणी न्यौपानेको स्मृति सभाको सन्दर्भलाई लिएर गरिएको कार्यक्रममा नेकपा माओवादी अध्यक्ष प्रचण्ड लगाएतका नेता र नेकपाका तर्फ बाट विप्लब लगाएतका नेताले सम्बोधन गर्दै गर्दा माओवादी एकता जरुरी भएको अभिव्यक्ती पछि नेता बमले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । माओवादी मात्र एक मात्र नभइ सबै कम्यूनिष्ट एक हुने र नयाँ स्वरूपमा वाम वा समाजबादी बन्नेमा रणविरको दावि रहेको छ।
#माओवादीलाई २०८४ मा २०६४ जस्तै तर नयाँ स्वरुप र उचाइमा पुगाउन के गर्नुपर्ला ?
1) माओवादी सरकारमा गएपछि जुन गल्ती गर्यो त्यसको लागी सार्वजनिक रूपमा जनतासँग माफी माग्दै फेरि त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता गर्नुपर्छ ।
# सरकार- शक्तिमा गएपछि माओवादीले गरेका गल्ती यस्ता छन- पुँजीको लागि विचारको परित्याग, देश- जनताको बेवास्ता,सहयोद्धा- सहिद परिवार र बेपत्ताको बेवास्ता,एकहदको साम्राज्यवाद र दलाल पुँजीवादसँग आत्मसमर्पण, विलासीतावाद,निजि स्वार्थ, परिवारवाद- आफन्तवाद, पक्षपात आदि ।
2) सबै नेता- कार्यकर्ताहरुले विप्लवलाई पछ्याउँदै श्रम- उत्पादनमा भाग लिनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ । सरल-सस्तो र पारदर्शी जीवन बिताउन तयार हुनुपर्छ ।
3) सामान्यतया सरकारी मोर्चामा दुइचोटी भाग लिसकेकाले फेरि नलिने र पार्टी मोर्चाबाट जनताको सेवा गर्ने घोषणा गर्नुपर्छ ।
4) केन्द्रीय नेतृत्वको देखिएको- नदेखिएको सबै सम्पत्ति पार्टीकरण- राष्ट्रियकरण गर्ने ठोस योजना विकास गरि लागु गर्नुपर्छ ।
5) पार्टीकरण गरेको सम्पत्तिको एक अलग कोष बनाई उत्पादनमा लगाउने ठोस योजना बनाई लागु गर्नुपर्छ । त्यो एकीकृत स्वामित्व अन्तर्गत राखिनुपर्छ र त्यसमा सहिद परिवारका साथै जनयुद्धमा भाग लिएका इच्छुकहरुलाई सहभागी बनाउनुपर्छ । हाइड्रोपावर उत्पादनको एक राम्रो क्षेत्र हुनसक्छ ।
6) सबै माओवादी मात्रै हैन कि सबै कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकताको अपिल गर्नुपर्छ । साझा मोर्चा बनाएर चुनाव लड्नुपर्छ ।
नोट:- नयाँ स्वरुप भन्नाले माओवादी नरहनसक्छ वाम वा समाजवादी शक्ति बन्न सक्छ ।
Discussion about this post