माओवादी केन्द्रले कर्नालि प्रदेशमा चुनावि रौनकता बढाउदै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले आउदो स्थानिय निर्वाचनमा एक बुथ एक सय युथ परिचालन गर्ने भएको छ ।

कर्नालि प्रदेश कमिटी बैठले निणर्य गरेको हो ।स्थानिय निर्वाचन सम्बन्धि परिपत्र जारी गर्दै नेकपा(माओवादी केन्द्र)ले उक्त निणर्य गरेको हो । त्यसका साथै वडा स्तरमा १ सय १ देखि ३ सय १ जनाको निर्वाचन परिचालन कमिटी गठन गर्ने र पालिका स्तरमा ३ सय १ देखि ५ सय १ जनाको निर्वाचन परिचालन कमिटी गठन गर्ने समेत निणर्य भएको नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला संयोजक लक्ष्मि चौलागाईले बताउनु भएको छ । वहाँका अनुसार निर्वाचन सम्बन्धि पालिका स्तरमा घोषणा पत्रको तयारी भइरहेको समेत बताउनु भयो । कर्नालि प्रदेशमा पार्टी केन्द्रले तय गरेको समाजवाद उन्मुख सम्बृद्धिका लागि स्थानिय सरकार भन्ने मुल नारा अनुसार दुई महिने अभियान शुरु भएको प्रदेश अध्यक्ष विमला केसीले बताउनु भएको छ ।

कर्नालिका विभिन्न जिल्लाको जिम्मेवारी हेरफेर गर्नुका साथै प्रदेश कमिटी र जिल्ला समन्वय समितिका सदस्यहरुको मनोति गरिएको बताइएको छ । कर्नालिका १० वटा जिल्लालाई ४ कमाण्डमा विभाजन गरिएको र सोही अनुसार केन्द्रिय सदस्यहरुको कार्यविभाजन गरिएको केसीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित