नेकपा कालीकोट : सरकार र पार्टीको सयंक्त बैठक बस्दै

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लामा पहिलो पटक पार्टी र स्थानिय सरकारका प्रतिनिधिहरु विचको सयंक्त बैठक बस्ने भएको छ ।

पछिल्लो समयमा लक डाउनका कारण ठुलो भेला गरेर बैठक बस्ने अवस्था नआएका कारण निर्वाचन स्तरिय बैठक बस्न लागेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटका अध्यक्ष धनजित शाहीले बताउनु भएको छ । वहाँका अनुसार आउने वर्षको बजेट विनियोजनाको विषयमा केन्द्रत भएर गाउँ पालिकाका पार्टीका अध्यक्ष र सचिवका साथै स्थानिय सरकारका प्रमुख, उपप्रमुखहरुको उपस्थितमा बैठक बस्न लागिएको बताउनु भयो ।

कालीकोट जिल्लालाई सम्बृद्ध बनाउनका लागि बजेटको सहि सदुपयोग र लकडाउनका कारण पारेको प्रभावका साथै आगामी योजनाका बारेमा पार्टी र सरकार संग संगै हातेमालोमा अगाडी बढ्नका लागि निर्वाचन क्षेत्र (क) को बैठक बुधबार तय भएको छ भने निर्वाचन क्षेत्र (ख)को बैठक विहवार हुने अध्यक्ष शाहीले बताउनु भएको छ ।

बैठकमा आज सम्म भएका काम कार्वाही पार्टी र सरकारका काम कार्वाहीहरुका बारेमा सम्बन्ध सुदृढ र थप वल पुग्ने शाहीको भनाई रहेको छ । केही स्थानिय तहमा पार्टी र सरकार विच भएका अन्तरविरोधको हल पनि हुने नेकपा कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित