पचालझरनाको भारपाटाको छुट्टै पहिचान

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको भारपाटाको छुट्टैै पहिचान राख्न सफल भएको छ ।

पचालझरना गाउँ पालिका वडा न. २को खार्दु गाउँको लेकमा पर्ने भारपाटामा अर्गानिक वालि उत्पादन हुन एक वर्ष लाग्ने गरेको छ । असोजमा वालि लगाएर औल तिर झर्ने त्यहाँका कृषकहरुले लगाएको वालि अर्काे असोजमा मात्र भित्राउन जाने गरेका छन ।

अहिले भारपाटामा लगाएको वालि गहुं र जौ पाक्ने सुरसारमा रहेको कृषक धनलाल कठायतले बताउनु भयो । आफुहरुले लगाएको वालि मंसिरमा उम्रिएकोले सोही समयमा हिमपात हुने र लामो समय पछि हिमपात रहने गरेकाले तातो समय माघ फागुनमा मात्र पुन उम्रिन थाल्ने भएका कारण ढिलो पाक्ने गरेको बताउनु भयो । समुद्रि सतहबाट करिव ४ हजार ५ सय मिटर उचाईमा रहेको भारपाटा लेकमा अत्याधिक मात्रामा कृषकहरुले गहुं र जौ वालि उत्पादन हुने गरेको छ । त्यति मात्र नभई त्यहां फापर,आलु पनि त्यतिकै मात्रामा फल्ने गरेको छ ।

कृषकहरुले उत्पादन गरेको आलु अहिले सम्म पनि रहने गरेको । यातायातको अभावका कारण विक्रि गर्न कठिनाई भएको कृषकहरुको गुनासो रहेको छ । शिक्षक तुलराज कठायतले आफुहरुले एक किलाग्राम सम्मको एकै दाना आलु फलेको तर बजार नभएका कारण समस्या आएको बताउनु भएको छ । पचालझरना गाउँ पालिकामा अर्गानिक उत्पादनमा विशेष जोड दिदै आएको छ ।

पचालझरना गाउँ पालिका वडा न. ३ का वडा अध्यक्ष लोकजंग कठायतले सो खार्दुको भारपाटा,तारे,ठाम्र,कालामोडा,गरपाटा लगाएतका क्षेत्रको उचित संरक्षण गर्ने बताउनु भएको छ । अहिले पर्यटनको क्षेत्रमा पचालझरना गाउँ पालिकाले पहिलो प्रथामिकतामा राखेको र कृषि क्षेत्रमा उचित संरक्षण प्रवद्धन र आत्मनिर्भर गराउने योजना रहेको वहांको भनाई रहेको छ । वर्षायाममा कृषकहरुको बाक्लो उपस्थिति रहने उक्त क्षेत्रमा हिंउदमा चिसोका कारण मानिसको बसोबास हुने गरेको छैन । अहिले सो क्षेत्रमा कृषकहरुले दुई हजार वर्ग मिटर क्षेत्रफलमा सामुहिक स्याउ फार्म संचालन गरेका छन ।

अर्गानिक उत्पादन मात्र नभई त्यहाँ पाइने डाले चुकको प्रशोधनका लागि प्रक्रिया अगाडी बढाइएको पचालझरना गाउँ पालिकाले जनाएको छ । त्यस क्षेत्रमा गाई,गोरु,भेडा बाख्रा लिएर वस्ने गरेको बताइएको छ । उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा स्थापित गरेर लैजाने पचालझरना गाउँ पालिकाले योजना बनाएको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गएको वर्ष विशेष गाउँ सभा गरेर पर्यटकिय क्षेत्रको सम्बद्धन र प्रवद्धनमा जोड दिने बताउनु भएको छ ।

पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना रहेको यस गाउँ पालिकामा हरेक क्षेत्रमा सरकारले प्राथमिकतामा राखेको अध्यक्ष सेजुवालको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित