सामाजिक सद्भाव र सहकार्यको भावना हट्दै गएकोमा अध्यक्ष सेजुवालको चिन्ता

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले बिगतमा गाउँ गाउमा सामाजिक सहकार्य र सद्भावको भावाना पछिल्लो समय हट्दै गएको बताउनु भएको छ ।
पहाडी साना किसानका लागि अनुकुलन आयोजना(आशा) जिल्ला आयोजना समन्वय इकाइ कालीकोटको पचालझरना गाउँ पालिका स्तरीय अनुगमन कार्यक्रममा बोल्दै अध्यक्ष सेजुवालले हिजोका दिनमा बाजेहरुले गाउँको कुलो भत्किदा आफै निर्माण गर्ने,मठमन्दिरहरु आफै श्रमदान गरेर निर्माण हुने गरेकोमा अहिले सरकार,विभिन्न संघसंस्थाहरुको बजेटको मुख ताक्ने प्रवृत्ति बढेको बताउदै भोलिका दिनमा अझ परनिर्भरता बढ्ने चिन्ता ब्याक्त ब्यक्त गर्नु भएको छ ।
कृषि क्षेत्रलाइ ब्यबस्थित तथा उत्पादन बढाउन परियोजनाले सिचाइ कुलो निर्माण देखि अन्य सामाग्री बितरण गरेकोमा स्थानीयले आशा परियोजनालाई धन्यवाद दिएका छ्न ।
पचालझराना गाउँ पालिका उपाध्यक्ष तथा पालिका स्तरीय अनुगमन समितिको संयोजक तारा न्यौपानेको उपस्थितिमा भएको अनुगमनका क्रमा पचालझराना ९ को कोटिलामा सिचाइ कुलोको अनुगमन गरीएको बताइएको छ । सो कार्यक्रममा कृषक नरजित शाहीले प्रबिधिले मात्र नभइ समाजमा आय आर्जनका कार्यक्रम लागू गर्न आग्रह गरेका छ्न ।अनुगमन कार्यक्रममा आशाका सूचना अधिकारी तथा मुल्यांकन अधिकृत उदय केसिले आशाले गरेका कामकारबाहीमा केही गुनासा भएमा सुझाव दिन अनुरोध गर्नु भएको छ ।
उक्त अनुगमनका विभिन्न राजनीतिक दल,संघसंस्था तथा कृषकहरुको सहभागिता रहेको आशाका सामाजिक परिचालक ज्योति कठायतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित