संविधान संशोधन विधेयक आजै प्रमाणीकरण हुने

7
SHARES
15
VIEWS

काठमाडौं,असार । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ आजै प्रमाणीकरण गरिने भएको छ। राष्ट्रियसभाबाट विधेयक पारित गरिसकेपछि आजै सन्देश सहित सो विधेयक प्रतिनिधिसभामा पठाइनेछ ।

राष्ट्रियसभाले विधेयक पारित गरेपछि पारित भएको सन्देशसहितको सूचना प्रतिनिधिसभामा जानेछ  सभामुखले प्रमाणित गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाउने गरिन्छ ।

विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति समक्ष पठाउने तयारी सभामख अग्निप्रसाद सापकोटाले गरेका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

राष्ट्रियसभामा संविधान संशोधन विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै नेकपाका सांसद दिनानाथ शर्मा र राजपाका सांसद शेखर कुमार सिंहले आजै राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने भन्दै प्रमाणीकरण भइसकेपछि आज ऐतिहासिक दिनमा  दिपावली गर्न सबैलाई आग्रह गरे।

राष्ट्रियसभामा दफाबार छलफपछि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङफेले पनि संसदीय प्रक्रिया पुरा भएर आजै राष्ट्रपतिबाट प्रमाणीकरण हुने र त्यसपछि राजपत्रमा प्रकाशित हुने बताउनु भयो ।   “राष्ट्रियसभाका माननीयज्यूहरुले भन्नु भए जस्तै आजको दिन गौरवपूर्ण दिन हो र खुशीयाली मनाउन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्दछु।”

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि संविधानको अनुसूची ३ मा रहेको निसान छाप भित्र भएको नेपालको नक्सा परिमार्जन हुनेछ, र त्यसपछि नेपालको नयाँ नक्सासहितको निसान छाप प्रयोगमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित