हुरेण्डेक द्धारा १३ स्थानमा आधुनिक सरसफाई स्टेशन

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाका दुई स्थानिय तहमा आधुनिक सरसफाई स्टेशन निर्माण थालेको छ ।
हुरेण्डेक नेपालको आयोजना तथा एकिकृत जल श्रोत व्यवस्थापन कार्यक्रम अन्तरगत हेल्भेटांस स्विस इन्टरकोअप्रेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ र शुभकालिकाका १३ स्थानमा रहेका क्वारेन्टाइन,स्वस्थ्य संस्था र गाउँ पालिका केन्द्रहरुमा हात नछोएर धुन मिल्ने आधुनिक धारा जडान भएका छन ।

केही स्थानमा जडान भइसकेका र केही स्थानमा एक हप्ता भित्र सम्पन्न गर्ने तयारी भएको हुरेण्डेक कालीकोटका उपाध्याक्ष विरेन्द्र बहादुर बुढाले जानकारी दिनु भएको छ । वहाँका अनुसार कोरोना भाइरसका कारण फैलिएको महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुग्ने र साबुन पानिले हात धुने क्रममा कठिनाई हुने भएकोले सहजताका लागि उक्त कार्य गरिएको बताउनु भएको छ ।

नरहरिनाथ गाउँ पालिकाको कार्यालय,कोटबाडा स्वस्थ्य चौकी,प्राथमिक स्वस्थ्य चौकी,स्वस्थ्य चौकी रुप्सा,शान्ति माबि रातिमाटी, स्वस्थ्य चौकी लालु र खुलालुमा रहेको क्वारेन्टाइनमा गरी ७ स्थानमा ड्रम सहितका नछोइकन हात धुन मिल्ने धारा जडान भएका हुन । त्यसै गरी शुभकालिकाको कार्यालय सुकाटिया,छेलो हाल्ना क्वारेन्टाइन भर्ता,ख्याउट सल्ला क्वारेन्टाइन भर्ता,राराकाटिया क्वारेन्टाइन सुकाटिया र शुभकालिका वडा न. ८मा रहेको स्वस्थ्य चौकी मुग्राहमा गरी ६ स्थानमा जडान भएको उपाध्याक्ष बुढाले बताउनु भएको छ ।

जिल्ला भर मानव अधिकार तथा सामाजिक रुपान्तारणका लागि काम गर्दै आएको हुरेण्डेकले खानेपानि तथा सरसफाईमा काम गर्दै आएको छ । यस अघि पनि हुरेण्डेक नेपालको सहयोगमा क्वारेन्टाइनमा बसेका महिलाहरुका लागि सेनरीटरी प्याड उपलब्ध गराएको थियो ।

# तस्विर विरेन्द्र बुढा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित