जातिय बिभेदको अन्यौलता कहिले सम्म ? -लोकेश पोख्रेल

7
SHARES
15
VIEWS

सतियुगको एक युग जहा अनेकौ आश्चर्यजनक तर सत्य प्रमाणित घटना हरु घटेको मैले थुप्रै बुडापाकाहरु बाट ,र धर्म ग्रन्थहरुमा सुनेको पढेको छु,अझ त म दुर्गम गाउका दुर तर निश्चल मानसिकताहरु को बिचमा मा जन्मेको,हुर्केको मनुष्य हुँ ! बेद, पुराण,गिता र अनेकन धर्मग्रन्थहरुका प्रसस्त पाण्डुलिपि हरु जिब्रोमा नै झुण्डिएको एक सुद्द ब्राह्मण को सुपुत्र हुं ।
यस कारण पनि मेरो धार्मिक र पौराणिक कुराहरु प्रति रुचि त हुने नै भयो नहोस पनि कसरि बाल मानसपटलमा बिहान उठ्दा हजुर आमा ले तुलसिमा पानी हाल्दै पुजा गरेर हात मुख सफा गरेर धोति पुनेर(भात पकाउदा लगाउने गुन्यु) भान्सा छेउछाम हामि कसैलाइ आउन नदिएर भान्सा समालेको,प्रत्येक पुर्णिमा र पंचमिहरु घरनै थर्किने गरि धुतुरी ध्याइ गरेको,हरेक बर्षको हिउँदमा सबै जना अगेना छेउमा भएर प्रत्येक बर्ष श्री स्वस्थानि ब्रत कथा सुनेको,बाचन गरेको त्यो सस्कार बाट नै हुर्किनेहरु मध्येको एक म पनि हो, म आफैले पनि बेद,पुराण र गिता को आंसिक अध्ययन गरेको छु ।
खैर सतियुगका चमत्कार प्रति बिश्वास अजम्बरि भएर नै होला सायद नेपालि समाजमा अझ बिषेस गरेर भन्दा हिन्दु धर्मालम्बिहरु मा यो आस्था अझै जिबित छ ।
सयमको रफ्तार सङै बदलिएको युग कलियुग को मध्यतिर हामि छौ,थुप्रै पौराणिक कुराहरु दिन प्रतिदिन दुर्लभ हुदैछ्न बिज्ञानको चमत्कार ले धार्मिक सक्ति लाइ एक माथि अर्को चुनौति दिदै चुटिरहेको छ,सताब्दिका हिसाबले हामि एक्काइसौं सताब्दिको नबिन युगमा छौ, देशमा अनेकौं आन्दोलनको उपलब्धी र परिणाम माथि गम्भिर बहस र छलफल चलिरहेको छ त्यस मध्येको अहिले निकै चर्चामा रहेको एक प्रमुख मुद्दा हो जातिय बिभेद अर्थात छुवाछूत यसले अहिलेको समय सङ्ग आफ्नो छुट्टै लडाइँ जारि राखेको छ ।
हरेक गतिबिधिहरुमा चाय समाजसास्त्र होस या राजनैतिक सास्त्र यि सास्त्रहरुको प्रमुख मेरुदण्डको रुपमा छ जातिय बिभेदको घेरा ! देश भित्रै नै यिनै बिषयहरुमा बहस, पौरबि र काम गर्ने थुप्रै देसि ,बिदेसि संघसस्थ्या हरु पनि छ्न एक तह पक्कै उठेको छ,एक प्रकारको मनोबैज्ञानिक चेतना ले पूर्वीय कोणहरुबाट सार्थकता पाएको देखिन्छ,हामिले थुप्रै ठाउहरु मा पढेको,सुनेको कुरा हो नेपाल चार जात छत्तिस बर्ण को साझा स्वणिम सुन्दर फुलबारी हो अझ भन्दा नेपाल को राष्ट्रिय गानका रचनाकुमार प्रदिप कुराम राइ ब्याकुल माइला ले राष्ट्रिय गानमा नै लेखेका छ्न ,बहुल जाति ,भाषा,धर्म सँस्कृति छ्न बिसाल ?
यहांबाट नेपालको जातिय बिज्ञानको थुप्रै कुरा प्रष्ट प्रमाणित भएको छ,नेपाल का चार जात हरु मध्येका हुन बाहुन,क्षेत्री,बैष्य,शुध्र यि चार जात सबैलाइ अबगत नै छ,नेपालमा प्रमुख जातिय बिभेदको गहिरो खाडलका रुपमा सबैभन्दा धेरै दलित र गैरदलित हरु बिचमा भएको देखिन्छ अर्थात बाहुन,क्षेत्री र बैष्य एकातिर र शुध्रहरु अर्को तिर यो साश्वत सत्य पनि हो ।
यो परिस्थिति को खाडलका मामला मा तपाईं हामि सबै जानकार नै छौ म त्यता तिर गएन शुध्र भित्र पनि थुप्रै थर हरु छ्न जुन काम गर्ने कर्मका आधारमा बिभाजित भएको छ्न ।
जस्तै : बिश्वकर्मा,परियार,सुनार,लुवार,चमार,नेपालि, सार्कि,दर्जि,मण्डल आदि इत्यादी म आज यिनै बिषयमा रहेर सानो बहष गर्ने प्रयत्न गरेको छु,म बिगत आठ बर्षदेखि कर्णालि प्रदेशको राजधानि सुर्खेतको बिरेन्द्रनगर मा डेरा जमाएर अध्ययन गरिरहेको छु,यस बिचमा थुप्रै घरहरुमा डेरा सर्नु पर्दा हरेक घरहरुमा सबैभन्दा पहिला सोधिने प्रश्न भनेकै घर कता हो ? अनि कुन जात को पर्नु भयो ? कतै दलित त होइन,यदि हो भने चाँही हुन्न है भनेको कुरा थुप्रै पटक श्रणव गरेको छन यि कानहरुले सुन्दा क्या तितो लाग्ने है तर यथार्थ यहि हो अहिले पनि, म यो यात्रा मा अहिले रोचक ठाउँमा पुगेको छु ।
म आफै आश्चर्य चकित छु नहुनु पनि कसरि म पनि यो लडाइँ लड्नुपर्छ जातिय बिभेद को अन्त्य गर्नु पर्छ भन्ने एक क्रान्तिकारी सिपाही हुँ, म एकजाना सुनार दाइ को घरमा बस्छु अर्थात मेरो घरबेटी सुनार हुन, उहाको आफ्नै सुन चादि ब्यबसाय पनि छ र स्नातक पास पनि गर्नुभएको छ उहाँको साढे तिन तलाको घर छ जुन घरको दोर्शो तलाको फल्याट मैले भाडामा लिएर बसेको छु ।
माथिल्लो तलाको डेढ फ्ल्याट उहाँहरु सग छ अनि तल्लो फ्लायट अर्थात भुइतलाका 4 कोठा भाडामा छ्न त्यहा जम्मै दलित समुदायका प्रतिनिधि पात्रहरु छ्न जुन सुनार भन्दा तल्ला जातका रहेछ्न ,अझ भनौ यो घरमा गैरदलित हामि मात्रै छौ,अनि घरबेटी दाइको परिवारमा आमा, बुढि र एक छोरा एक छोरि छन ।
यो घरमा दिनहु जसो एउटा कुरामा झगडा परिरहन्छ त्यसको एउटा मात्रै कारण छ घरबेटि दिदिले तल्लो तलामा उहाँहरुको भन्दा सानो जातका दलित प्रतिनिधिहरु लाइ भाडामा दिएको कारण कहिले बिहानै झगडा सुरु हुन्छ त कहिले हुदैन तर हरेक साझ भैराख्छ कहिले दराज फुट्छ,कहिले मोबाइल त कहिले किचेन का भाडाकुडा कुर्सि,टेबल त कहिले दिदिको टाउको नै, यति मात्रै होइन दिदि महिनावारि भएको बेलामा माथिल्लो तलामा प्रबेश पनि गर्न पाउनु हुन्न किनकि दाइ धामि(झाक्री) (देवताको रुप धारण गर्ने ब्यक्ति)हुनुहुन्छ गरे जहिल्यै आएर हाम्रो कोलियामा सुत्नुहुन्छ !
यो कुराले मलाइ निकै छोएको छ नछोहोस पनि कसरि मेरो एक महाअभियान नै यहि हो जातिय बिभेद र कुरुति को अन्त्य यसबेला म मौन छु मलाइ हजारौ प्रश्नहरुले कैयौ रात उहाँहरुको भाडाकुडा फुटेको बजेको आवाज ले भन्दा यो दृश्यले सुत्न दिएको छैनन।
त्यसैले म अनुत्तरित छु एउटा दलित समुदायका प्रतिनिधिहरु यसरि दलित बाट नै बिभेद को सिकार हुन्छ्न ,आखिर यो दलित,दलित भित्रको छुवाछूत कहिले अन्त्य हुन्छ सबै मान्छे समान हौ कामका आधारमा मात्रै हाम्रो जात र थर फरक हुन भन्ने चेतनाको बिकास कहिले पलाउने यि बिषयहरुले अहिले नेपालि समाजमा गम्भीर रुपमा प्रबेश गरेकाछन,एउटा दलित ले अर्को दलित को आत्मसम्मान माथि यसरि धाबा बोल्न पाउछ भन्न पाउछ अर्थात बिभेद को भुमरि सिर्जना गर्छ भने गैरदलितले मानसिकता परिबर्तन गर्न त पक्कै समय लाग्ने नै भयो ? लेखक अखिल(क्रान्तिकारी) कर्नाली प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित