पांच वर्षे कार्यकालमा पचालझरना गाउँ पालिका संचालनमा बिबादरहित नेतृत्व

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका आफैमा कम जनसंख्या अनि भौगोलिक बिकटताका हिसाबले निकै कठिनाइ भएको क्षेत्र हो । जसको नेतृत्व २०७४ सालमा खड्गराज सेजुवाल र तारा न्यौपानेले सम्हालेका थिए । जुन समयमा जनयुद्ध ताका अनुभवले कसरी सत्ता संचालन भन्ने लागेको अध्यक्ष सेजुवाल र तारा न्यौपानेको ५ वर्षको कार्यकाल बिबादरहित सम्पन्न भयो ।

जिल्लाका अन्य पालिकामा विभिन्न बहानामा जनप्रतिनिधिहरुबिच निकै झगडाका बिच अगाडि बढेपनी पचालझरनामा आन्तरिक रुपमा मात्र नभई बाह्य प्रतिपक्षहरु संगको समेत सम्बन्ध सकारात्मक बढेको बताइएको छ ।

त्यति मात्र नभइ पार्टी नेतृत्व,अध्यक्ष र उपाध्यक्ष बिच पटकपटक फुटाउन विभिन्न हतकण्डा प्रयोग नभएका भने हैनन । तर पनि सक्षम नेतृत्वले गर्दा सबै समस्यहरुको द्वन्द्वात्मक शैलीबाट बुझाइ र सतर्कताका कारण कुनै पनि बिबाद नभएक अध्यक्ष सेजुवालको भनाइ रहेको छ ।

सेजुवालका अनुसार आफुले सबै तिर साझा बहस छलफल चलाएको र अन्तरबिरोधको हल गर्न सफल भएको बताउनु भयो ।पचालझरनामा गाउँ पालिकामा अन्तरबिरोध भएपनी एक आपसमा समीक्षा गरेर समस्याको समाधान गरेको बताउदै गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले जनताको काम गर्ने अवसर पाउँद आफ्नो लागि लड्ने कहिलेकाही संकेत आएपनी त्यसलाइ सामान्यकरण गर्दै आपसी समझदारीमा हल भएको बताउनु भएको छ ।

शुरूवातमा आफुहरु अनबिज्ञ रहेको र पछिल्ला दिनमा कार्यानुभवले जनताका पक्षमा राम्रा र रचनात्मक काम गर्नेमा आफुहरु पुगेको बताउदै उपाध्यक्ष न्यौपानेले पचालझरनामा देशकै नमुना काम हुनुमा गौरवको महसुस भएको दाबी गर्नु भएको छ ।

पचालझरना गाउँ पालिकामा गोठालो भत्ता देखि खरमुक्त गाउँ पालिका नमुना कार्यक्रमका रुपमा लिएको छ । पचालझरनाले शुरूवात गरेकै कारण कर्नाली प्रदेशमा गोठालो भत्ताको शुरूवात संगै खरमुक्त अभियानको संचालन गरेको थियो । कालीकोटको कडा चट्टान भएको बिकट भुगोल भएपनी सबै वडामा सडकको पंहुच पुगेको छ भने स्वास्थ्य,शिक्षा तर्फका भौतिक पुर्बाधारमा उल्लेखनीय काम भएको स्थानियले बताएका छन ।

अहिले सम्म पचालझरना गाउँ पालिकामा जनताले काम नभएको गुनासो नआएको तर काम जिम्मा लिएकाहरुले केही ठाउँमा अपुग्ता रहेको स्विकार गर्दै आएको गाउँ पालिकाले जनाएको छ ।

पचालझरना गाउँ पालिकामा गाउँ सभा गर्दा सुझाव माग्ने र अन्तमा सार्वजनिक सुनुवाइ गर्ने परिपाटी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित