सम्मानजनक तालमेलका लागि तयार छ- माओवादी केन्द्र

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्थित गठबन्धनको पटकपटकको छलफल निष्कर्ष पछि नेकपा( माओवादी केन्द्र)कालीकोटको बैठकले सम्मान जनक तालमेलका लागि तयार रहेको निष्कर्ष निकालेको हो । जिल्ला संयोजक लक्ष्मी चौलागाईंको अध्यक्षता तथा कमान्ड इन्चार्ज तथा प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा बसेको बैठकले लोकतान्त्रिक गणतन्त्र स्थापना र संघीयतालाई संस्थागत बिकास गर्न अग्रसर दलहरुसंगको एकता सहकार्य अपरिहार्य भएको र प्रतिगमनका विरुद्ध एक भएका दलहरु संग सम्मानजनक तथा उचित तालमेलका लागि तयार रहेको बताइएको छ । बैठकले पालिका स्तरका बैठक तथा प्रशिक्षण गर्ने समेत निर्णय गरेको जिल्ला समन्वय समिती कालीकोटका सचिब देबराज शाही( अग्नि)ले बताउनु भएको छ । आउदो स्थानीय तहको निर्वाचनका लागि जिल्ला स्थित राजनीतिक दल संग बार्ता संम्बाद जारी राख्न केन्द्र र प्रदेशको सर्कुलर अनुसार अघि बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित