कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष तथा अन्तर सरकार बित्त परिषदका केन्द्रिय सदस्य खड्गराज सेजुवालले नेपालमा विभिन्न किसिम बाट पछि परेको बिकट क्षेत्रका समुदायको हितका लागि कर्नाली जस्ता बिकाश हुन नसकेका स्थानलाइ केन्द्रित गरेर बजेट ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।
आज सिंहदरबारमा बसेको बित्त परिषदको सातौं बैठकमा अध्यक्ष सेजुवालले बजेट शहर केन्द्रित नभइ गाउँ केन्द्रित गर्न आग्रह गर्दै कर्नालिमा विशेष बजेट फलफुल,तरकारी,पशुपालन र जडिबुटीमा लगानी गर्न सुझाव दिनु भएको छ ।
अध्यक्ष सेजुवालले स्थानीय अनुदानमा ससर्त घटाएर बित्तीय समानिकरण बढाउनु पर्ने,समपुरक बजेटमा ध्यान दिनु पर्ने त्यसै गरी बालशिक्षाको तलब संघीय सरकाराले ब्यबस्थापन गर्न समेत अनुरोध गर्नु भएको छ ।
कालीकोट बाट बित्त परिषदमा सदस्य रहेका सेजुवालले यस अघि पनि जनसंख्या भन्दा पनि भौगोलिक आधारमा बजेट ब्यबस्थापन गर्न माग गर्नु भएको थियो ।। उक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा लगाएतका अर्थबिदको सहभागिता रहेको बताइएको छ ।
सो बैठकमा बित्तिय हस्तान्तरणको अवस्था विश्लेषण,बिगतका बैठकका निर्णय कार्यन्वयन,बित्तीय संघीयता कार्यन्वयन उपलब्धि र सिकाइ,आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धि बिषयका साथै सुधारका क्षेत्रका बारेमा छलफल भएको अध्यक्ष सेजुवालले बताउनु भएको छ ।नेपालमा आर्थिक उतारचढाव आएको बेला भएको बैठकले निकै टेवा पुगाएको बताइएको
Discussion about this post