कालीकोट । नेकपा(माओवादी केन्द्र)कर्नालि प्रदेशका सचिब धनजित शाहिले शुभकालीका गाउँ पालिकामा माओवादी केन्द्र बाहेक अन्य राजनीतिक दलले मुहार फेर्न नसक्ने बताउनु भएको छ । शुभकालिकाको सुकाटियामा आयोजित जनसभालाइ सम्बोधन गर्दै सचीव शाहिले अहिले स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाइ जिताउन अनुरोध गर्दै माओवादी केन्द्रको नेतृत्व र अगुवाइमा देश अघि बढेकाले सोही अनुसार शुभकालिका गाउँ पालिकामा माओवादी केन्द्रको बिजयी भएपछि सहिद परिवार,बेपत्ता र पछि परेका समुदायको अधिकारको ग्यारेन्टी हुने बताउनु भएको छ । उक्त जनसभामा नेकपा माओवादी केन्द्रका कर्नाली प्रदेश कमिटी सदस्य अटल महतारा,बैकल्पिक प्रदेश सदस्य शिखर चौलागाईं,गाउँ कमिटी अध्यक्ष अनिल आचार्य,विद्यार्थी नेता भिम आचार्य,प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष बिरेन्द्र आचार्य लगाएतको उपस्थिति रहेको बताइएको छ ।
Discussion about this post