असन्तुष्ट जति एमालेमा प्रवेश,जाने वित्तिकै प्रभुको ……..

7
SHARES
15
VIEWS

कालीकोट ।स्थानिय तहको निर्वाचनमा गठबन्धनका लागि तयार भएका राजनैतिक दलहरु कालीकोटमा गठबन्धन विरुद्ध उत्रिएका छन ।नेपालि कांग्रेसले जिल्ला भर एकल उम्मेद्धार दिने निणर्य संगै गठबन्धन भत्किएको छ । त्यति मात्र नभई पार्टी भित्र भुकम्प गएको छ । विशेष गरी नेकपा(माओवादी केन्द्र) भित्र कार्यक्रताहरु विभाजनमा आएका छन । विभिन्न स्थानिय तहमा पार्टी भित्र बागि दिन शुरु भएको छ । स्थानिय चुनावको समयमा नेकपा(माओवादी केन्द्र)ले तिन जना प्रदेश कमिटि गुमाएको छ । जसमा तिनै जना एमालेमा प्रवेश गरेका छन ।

स्थानिय तहको निर्वाचनका कारण पार्टीहरुमा भुकम्प गएको छ भने एमालेमा भित्र्याउने हम्मे हम्मे परेको छ । विभिन्न पार्टीका कार्यक्रताहरु टिकट नपाएपछि एमालेमा प्रवेश गरेका हुन । सबै भन्दा बढि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका छन भने नेपालि कांग्रेस र समाजवादीबाट पनि प्रवेशको क्रम बढेको छ । अन्य पार्टीबाट आउने वित्तिकै नेकपा(एमाले)ले टिकट दिन थाले पछि एमालेमा प्रवेश गर्ने क्रम बढेको हो ।

कर्नालि प्रदेश कमिटि सदस्य महेन्द्र बहादुर शाही,कृष्ण प्रसाद आचार्य र अनन्त विश्वकर्माले माओवादी परित्याग गरेका छन । उनिहरुले माओवादीले आफ्नो त्याग तपस्याको कुनै पनि वास्ता नगरेको आरोप लगाएका छन ।जिल्लामा उम्मेद्धारको टिकट वितरणमा मनपरी भएको भन्दै कार्यक्रताहरु आक्रोसमा आएका छन । पलांताका लक्ष्मण बमले स्वतन्त्र भएको घोषणा गरेका छन भने सान्नित्रिवेणि गाउँ पालिकाका मिठु बम(शैलजा)ले पनि पार्टी सदस्य नरहेको बताएकी छन ।

जिल्लामा गठबन्धन भएको राजनैतिक दलहरुमा पाँच माओवादी केन्द्र र दुई दुई वटा स्थानिय तहमा नेपालि कांग्रेस जाने सहमति संगै नेपालि कांग्रेसले एकल उम्मेद्धार दिने निणर्य गरेको छ भने एकिकृत समाजवादीले पार्टी कार्यालयमा कार्यक्रताहरुले नाराबाजिका साथै तोडफोड गर्नुका साथै एकल उम्मेद्धार दिने बताएका छन । स्थानिय तहको निर्वाचनको उम्मेद्धारी दर्ताका समयमा भांडभैलो हुनुले माओवादी केन्द्रलाई घाटा हुने विश्लेषण गरिएको छ ।

त्यसै गरी नेपालि कांग्रेस कालीकोटका जिल्ला सदस्य निलो तिरुवा सहित खांडाचक्र नगरपालिका ११ नम्बर वडाका २० घरपरिवार एमालेमा प्रवेश गरेका छन । नेकपा(एमाले)मा प्रवेश गर्ने वित्तिकै वडा तथा गाउँ पालिकाको टिकट दिन थालिएको छ । पलांतामा नेकपा(माओवादी केन्द्र)का विष्णु रोकाया(इन्द्र)ले गाउँ पालिकाको टिकट पाएपछि प्रदेश सदस्य अनन्त विकले एमाले प्रवेश संगै पलांताको टिकट लिएका छन ।त्यसै गरी महेन्द्र बहादुर शाहीले माओवादी परित्याग गरेर एमालेबाट तिलागुफाको टिकट लिएको बताइएको छ ।

एमालेले अहिले जिल्लामा संगठन कमजोर भएको अवस्थामा संगठन विस्तारको क्रमलाई जोडेको छ भने गठबन्धन विरुद्धको मोर्चामा फाटो आएपछि एमालेलाई अवसर प्राप्त भएपनि पार्टी बाहिरबाट आएकाहरुले पद पाउन थालेपछि जिल्ला स्तरका पाका पुराना नेता तथा कार्यक्रताहरु असन्तुष्ट भएका छन । उनिहरुले अहिले आउने वित्तिकै पद पाउने हो भने वर्षाैं देखि तपस्याको वेवास्तार भएको बताएका छन । स्थानिय निर्वाचनमा पार्टी नेतृत्वले आएका असन्तष्टहरुलाई सहजतामा लिदै जुन सुकै पार्टीको कार्यक्रताहरुको आगमन हुने वित्तिकै व्यवस्थापन हुने भएपद्धि भोलिका दिनमा समस्या आउने जानकारहरु बताउन थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित