कालीकोट । नेकपा(माओवादी केन्द्र) तिलागुफाका नगरप्रमुखका उम्मेद्धार दिनेश चंदाराले आफु विजयि भएपछि शिक्षा क्षेत्रको खस्किदो अवस्थालाई सुधार ल्याउने बताउनु भएको छ । चुनावि अभिायनका क्रममा चिल्खायाको ठिन्के बजारमा विहबार कर्नालि संचार संग प्रतिक्रिया दिदै दिनेश चंदाराले शिक्षा क्षेत्र भनेको पहिलो आधार भएकाले यसको गुणात्मक परिवर्तन नगरी शैक्षिक क्षेत्रको जनशक्ति पनि गुणात्मक नहुने भएकाले शैक्षिक सुधारको पहिलो प्रयास हुने दावि गर्नु भएको छ ।
चुनावि अभियानमा आफुलाई तिलागुफा बासिको माया ममताले गर्दा जित हुनेमा ढुक्क रहेको बताउदै नगर प्रमुखका उम्मेद्धार चंदाराले विकास निर्माणका सवालमा सडकको स्तरउन्नति देखि विद्युतिकरण र स्वस्थ क्षेत्रको आवश्यक सुधार नै नगरबासिको चाहाना पुरा गर्ने बताउनु भएको छ ।
विगतका सरकारले गरेका कामलाई आवश्यक सुधार गर्दै थप सम्बृद्धिका लागि आफुले नगरपालिकामा नमुना काम गर्ने जसमा शहिद परिवारहरुको उचित व्यवस्थापन र घाइते अपांगहरुको संरक्षणका लागि पनि आफु लागि पर्ने बताउनु भएको छ ।
त्यसै गरी नगर उपप्रमुखका उम्मेद्धार गिता वलि थापाले विगतमा दन्ता नेपालिको जस्तो विचैमा अधुरो छोडेर नजाने र जनताको पक्षमा निरन्तर साथमा रहेर काम गर्ने बताउुन भएको छ ।विशेष गरी महिलाहरुको जिवन स्तर उकास्ने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ ।
Discussion about this post