स्वच्छ खानेपानिमा पहिलो प्राथमिकता –वडाध्यक्ष बुढा

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिका वडा न. ५का वडाध्यक्ष धनपति बुढाले वडाका सबै समुदायमा स्वच्छ खानेपानिमा समुदायको पहुंच बृद्धि गर्नुमा आफुहरुको जोड रहेको बताउनु भएको छ ।

साविकको वडा न. १ र २ रहेको बोलुगाउँ र तोलिभिडका समुदायमहरुमा एक घर एक धारा बनाउन शुरु भएको बताउदै पहिलो चरणमा वडा न. ६मा १ सय ५५ घरधुरीमा धारा निर्माण भएर खानेपानि सुचारु भएको र आगामी वर्ष बांकी रहेका १ सय ७ घरधुरीमा मिटर सहितका धारा जडान गर्ने बताउनु भएको छ ।

यस अघि वडामा मठमन्दिर निर्माण,विद्यालयको छाना मर्मत,खानेपानिका धारा तथा मुहान मर्मतका लागि व्यवस्थापन गरेको भएपनि आगामी वर्ष संचारविहिन गाउँ भएकाले नेपाल टेलिकमको टावर व्यवस्थापनका लागि जोड दिएको बताउदै सडक स्तर उन्नति,विद्युतको लाइन विस्तार भएको तर व्यवस्थापन नभएकाले व्यस्थित पार्दै सबैको घरमा विद्युत संचालन गर्ने, सरसरफाईमा जोड दिने,गाउँ पालिकाको निर्णय अनुसार गरिव घरपरिवारको घर निर्माण गर्ने समेत योजना तय गरिएको बताइएको छ ।

यस अघि वडा न. ६मा नरे शार्की,रत्न बुढा र समुद्र संज्यालको घर निर्माण वडा सरकारले गरेको छ भने आगामी वर्ष एक जना गरिव असाहयको घर निर्माण गर्ने तय भएको वडा अध्यक्ष बुढाले बताउनु भएको छ । गाउँ पालिकाले प्रत्येक वर्ष वडामा एक जना असाहय,गरिव तथा विपन्नको घर निर्माण वापत ५० हजार रकम लगानि गरेर घर निर्माण गर्दै आएको र यसलाई निरन्तर जारी राख्दै अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित